काठामाडौं । पञ्चेवाजामा गीत सुनेर मनोरञ्जन लिनेहरुका लागि पशुपति शर्माले एउटा कोशेली थपेका छन् । सम्झना
लामिछाने मगरसँग मिलेर नयाँ गीत गाएका छन् पञ्चे बाजाको गीत ‘डल्ली’ ।
‘यो कुनै मौलिक गीत होइन गाउँघरमा बजिरहने गीत हो ।’ अनलाइनखबरसँग कुरा गर्दै पशुपति शर्माले भने ।
ऐले नाच सबले मन पराउँछन्
ब्या गरेछि बुढाले कराउँछन्
यसै त डल्ली नाच हल्ली हल्ली…
यस्तै यस्तै ठट्यौली शब्द छ यसमा । यहि भाकामा गाउँघरमा हुने बिहेमा केटाकेटीलाई नाँच्न सजिलो हुने भएको छ । निकै
छोटो समयमा गीत बनाएका थिए पशुपतिले । गाउँमा चलनचल्तीमा रहेको शब्द र भाका राखिएकाले थोरै समयमै गीत
तयार भएको उनको भनाई छ ।
सारंगी, मादल र पञ्चेबाजामा गाइने गीतको छुट्टै महत्व भएझैं लाग्छ उनलाई । उनी भन्छन् ‘पञ्चेबाजा हाम्रो आफ्नै मौलिक
बाजा हो । बाजाको मौलिकता जोगाउनका लागि पनि यस्ता गीत गाउनुपर्छ ।’
भिडियोमा मोडलिङ पनि पशुपति र सम्झनाले नै गरेका छन् । पोखरा महोत्सबमा सहभागी हुन पोखरा पुगेका शर्माले
केही दिनपछि ०७२ साललाई आलोचना गरेर अर्को गीत लिएर आउँदैछन् । ‘बैशाखमा भूकम्प गयो, दसैंमा नाकाबन्दी । यो
वर्ष हाम्रो लागि गतिलो भएन त्यसकारण ०७२ साललाई गाली गर्न मन लाग्यो ।’ उनले भने ।
Home »
Entertainment
» नाच्ने हैन पशुपति शर्माको गीतमा
नाच्ने हैन पशुपति शर्माको गीतमा
Posted by Unknown
Posted on 9:10 PM
with No comments
Related News you might like to see :
Labels:
Entertainment
0 comments:
Post a Comment