Home » » काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?

काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?

काठमाडौं, २ माघ । मगर, थारू, छन्त्याल र राउटे
समुदायको राष्ट्रिय चाड माघेसंक्रान्ति ।
शुक्रबार उपत्यकामा बसोवास गर्ने मगरले
टुँडिखेलमा र थारूहरूले रंगशालामा जम्मा भएर
सामूहिक रूपमा यो पर्व मनाए । टुँडिखेल र
रंगशालाको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले
सम्बोधन गरे । टुँडिखेलमा भांग्रा र ढोरा लगाएर
सम्बोधन गरेका ओलीले रंगशालामा धोती र
ढोरा लगाए । दुवै ठाउँको सम्बोधनमा ओलीले
केही नयाँ र केही पुराना योजना सुनाए ।
काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?
काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि
मैले त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र
उत्तर–दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के
गर्ने ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र
बालुवाटार गरेर समय काट्ने ? म यसो गर्छु भन्यो
भने केहीलाई रिस उठ्छ, केहीलाई हाासो उठ्छ ।
काम गरेर देशलाई अगाडि बढाएर जाने हो । कुनै
बहादुर छ, नेपालमा दुई दिनभित्र केही गरिहाल्ने रु
त्यस्तो छ भने भन्नुपर्यो । नभए मेरो योजना छ ।
त्यो योजना अगाडि बढ्छ । अचम्म लाग्छ । गर्छु
भन्न पनि नपाइने ? काठमाडौंमा इलेक्ट्रिक कार र
बस चलाउने कुरा गरेँ । मानिस आत्तिए । दुनियाँका
अनेक सहरमा इलेक्ट्रिक बस र कार चल्छन् । यहाँ चल्न
नहुने भन्ने छ ? नयाँ पत्रिका दैनिकले समाचार
छापेको छ ।
ओलीको पाइलो खेद्नेहरू पनि छन्
तपाईंहरू टेलिभिजन हेर्नुहुन्छ होला, रेडियो सुन्नुहुन्छ
होला, पत्रपत्रिका हेर्नुहुन्छ होला, अनलाइनमा
देख्नुहुन्छ होला । केपी ओलीको पाइलो खेदेर
हिँड्नेहरू पनि छन् । तर जतिसुकै पाइलो खेदेर हिाडे
पनि उनीहरूको योजना पार लाग्दैन, किनकि मगर
मेरा दाहिने छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved