नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले तेह्रौँ
महाधिवेशनमा आफूले पार्टी सभापति पदमा
उम्मेदवारी दिने बताउनुभएको छ । नेपाल प्रेस
युनियनद्वारा आज पाल्पामा आयोजित पत्रकार
अन्तरक्रिया कार्यक्रममा नेत्री कोइरालाले अहिले
पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प
खोज्नुपर्ने विचार प्रकट गर्नुभयो । विकल्पका रुपमा
आफूले उम्मेदवारी दिन लागेको उहाँको भनाइ थियो
।
उहाँले भन्नुभयो – “अब विकास नै राजनीति हो ।
त्यसकारण भारत र चीनसँग पनि सम्बन्ध सुधार्दै
जानुपर्छ ।”
आसन्न १३औँ महाधिवेशनमा युवा वर्ग अगाडि
आउनुपर्नेमा उहाँको जोड थियो । छिट्टै स्थानीय
निकायको निर्वाचन हुन लागेकाले सबैले यसतर्फ
ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । रासस
Home »
Nepali News
» काँग्रेस सभापति पदमा उम्मेदवारी पदमा
उम्मेदवारी दिँदै सुजाता
काँग्रेस सभापति पदमा उम्मेदवारी पदमा उम्मेदवारी दिँदै सुजाता
Posted by Unknown
Posted on 1:56 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment