सिन्धुली, माघ १ – नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले भूकम्पपछिको पुनर्निर्माणका लागि रकम
पर्याप्त हुँदाहुँदै पनि ढिलाइ भएको भन्दै गुनासो गर्नुभएको छ ।
नेपाली कांग्रेस सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भूकम्पपछि नेपालको अर्थ
व्यवस्था शिथिल बनेको चर्चा गर्दै पर्याप्त रकम हुँदाहुँदै पनि पुनर्निर्माणमा ढिलाइ भइरहेको गुनासो गर्नुभएको हो ।
‘चार खर्ब रुपैयाँ त दाता सम्मेलनबाटै प्रतिबद्धता आइसकेको छ,’ उहाँले भन्नुभयो, ‘कतिपय विकासका काम आफैले नै गर्न सक्ने रकम
देशकै ढिकुटीमा छ । तर पुनर्निर्माणको काम सुरु गर्न केले रोकेको छ ?’
मधेस आन्दोलनले नागरिकको हकमाथि अतिक्रमण
नेता महतले मधेस आन्दोलनले नेपाली जनताले प्राप्त गरेको हक अधिकारमाथि अतिक्रमण गरीरहेको दावी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘हात हल्लाउन त पाइन्छ, तर अर्काको नाकमा ठोकिने गरी हल्लाउन पाइँदैन । अहिले भइरहेको मधेस आन्दोलन ठिक
त्यस्तै भइरहेको छ ।’
‘आन्दोलन गर्ने अधिकार मधेसका नेताहरुलाई त छ, तर नेपाली जनताले प्राप्त गरेको हक अधिकारमाथि अतिक्रमण गर्ने अधिकार
उनीहरुलाई छैन’ नेता महतले भन्नुभयो । संविधान संशोधन गरी मधेस आन्दोलन चाँडै टुङिगने उहाँको भनाई थियो । गुटबन्दिभन्दा
माथि उठ्ने संस्कृतीको कांग्रेसमा आवश्यकता रहेको नेता महतले बताउनुभयो ।
Home »
Nepali News
» पर्याप्त रकम हुँदाहुँदै पनि पुनर्निर्माणमा ढिलाइ भयो : नेता महत
पर्याप्त रकम हुँदाहुँदै पनि पुनर्निर्माणमा ढिलाइ भयो : नेता महत
Posted by Unknown
Posted on 1:54 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment