Home » » काठमाडौं उपत्यकामा ग्यासको वुलेट भित्रने क्रम तीब्र

काठमाडौं उपत्यकामा ग्यासको वुलेट भित्रने क्रम तीब्र

पछिल्लो समयमा काठमाडांै उपत्यकामा ग्यासको
बुलेट भित्रने क्रम तीब्र बनेको छ । पुस महिनामा सरदर
दैनिक १७ वुलेट ग्यास काठमाडौमा भित्रिएको
वाणिज्य तथा आपूर्ति विभागका निर्देशक
हरिनारायण बेल्बासेले बताउनु भयो । भारतले
लगाएको नाकाबन्दीको कारण मूलुकमा इन्धन अभाव
सँगै खानापकाउने ग्यासको अभाव तीब्र बनेको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दी र तराईमा
जारी आन्दोलनको कारण बजारमा ११ प्रतिशत
भन्दा न्युन ग्यास काठमाडौ भित्रिएको वाणिज्य
तथा आपुर्ति विभागका निर्देशक हरि नारायण
बेल्बासेले जानकारी दिनु भयो ।
अव विभिन्न ठाँउका नाकाहरुमा देखिएको
सहजताका कारण काठमाडांैमा ग्यासको आपुर्ति
केही सहज हुने निर्देशक बेल्बासेले जानकारी दिनुभयो

भिडियो हेर्न तल क्लिक गर्नुहोस्....
Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved