Home » » मलेसियाबाट चाँडै फर्किन्छु भनेका अंकित ४ वर्षदेखि बेपत्ता...

मलेसियाबाट चाँडै फर्किन्छु भनेका अंकित ४ वर्षदेखि बेपत्ता...


माघ १ – बाराको मनहरा-३ का अंकित शाह सात वर्षअघि एक लाख २० हजार रुपैयाँ तिरेर मलेसिया जानु भएको थियो । २०६५
साल पुसमा मलेसिया गएका अंकितले दुई लाख ८० हजार रुपैयाँ कमाएर पठाउनु भएको थियो । र आफूपनि चाँडै घर फर्किन्छु
भन्नुभएको थियो । त्यसपछि उहाँ बेपत्ता हुनुभएको छ । घरमा बृद्धा बाआमा छोराको चिन्ताले थलिएका छन् । छोरासँग बोल्न
नपाएको चार वर्ष भैसक्यो । न छोराको अवस्थानै थाहा छ । खोज्न जाउँ कहाँ जाउँ ? नजाउँ छोराको मायाले दिएन ।
सामिले धादिङमा सञ्चालन गरेको सूचना केन्द्रमा पुग्नु भयो । ‘सबैका छोराले फोन गर्छन् मेरो छोरो किन फोन गर्दैन ?’ आमा
संगिताले सूचना केन्द्रमा रुँदै भन्नुभयो, ‘जसरी हुन्छ खोजिदिनु पर्यो ।’ छोरासँग बोल्न नपाएको वर्षौं भैसक्यो । त्यसलाई देख्नै
नपाई मरिन्छ कि क्या हो ?
सूचना केन्द्रले वैैदेशिक रोजगारमा अप्ठेरोमा पर्दा सहयोग गर्छ भन्ने सुन्नुभएको थियो । तर उहाँहरुलाई छोरा कुन कम्पनीमा काम
गथ्र्यो, के काम गथ्र्यो केहि पनि थाहा छैन् । न त विदेश जाँदाका कागजात नै छन । पत्ता लगाउने माध्यम केहि पनि भएन, सिड्स
धादिङकी सामि कार्यक्रम संयोजक गंगा सुवेदीले भन्नुभयो, ‘कागजात नभएपछि खोज्न सकिँदैन, त्यहि भएर हामीले वैदेशिक
रोजगारिमा जाँदा पहिले नै परिवारमा कागजात छाड्नु भनेका हौँ । कागजात भएमात्रै अप्ठेरो पर्यो भने सहयोग गर्न सक्छौँ ।’
वैदेशिक रोजगारिमा जाने धेरैले दलालका कुरा सुन्छन्, विश्वास गर्छन् तर पछि अप्ठेरोमा पर्दा दलालले सहयोग गर्दैनन् भन्ने कुरा
भुल्छन् । अहिले काम गर्न गएका धेरै नेपाली हराई रहेका छन् । तर उनीहरुलाई पत्ता लगाउने माध्यम नहुँदा खोजिमा पनि समस्या
भइरहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved