Home » » बाजुरामा पिपिआरको महामारी, करिब चारसय भेडाबाख्रा मरे

बाजुरामा पिपिआरको महामारी, करिब चारसय भेडाबाख्रा मरे

बाजुरा, माघ ३ । भेडाबाख्रामा
महामारीका रुपमा रहेको पिपिआर रोग
फैलिएको दुई हप्ता बितिसक्दा समेत
यसविरुद्धको भ्याक्सिन आइनपुग्दा किसानले
ठूलो क्षति बेहोर्नुपरेको छ ।
जिल्लाका सबै गाविससा यो महामारी
फैलिएको छ । त्यसबाट लाखौं मूल्य बराबरका
भेडाबाख्रा मरेका छन् । मानिसमा फैलिने
हैजा जत्तिकै संवेदनशील मानिने पिपिआरको
महामारी भेडाबाख्रामा फैलिएर धमाधम
मर्न थालेको किसानले बताएका छन् ।
उनीहरुका अनुसार महामारीबाट जिल्लाका
विभिन्न स्थानमा दुई साता बित्दा समेत
औषधि आइपुगेको छैन । दुई साताको अवधिमा
करिब ४०० बढी भेडाबाख्रा मरिसकेको
किसानले बताएका छन् ।
हाल चरिचरनका लागि बडीमालिकाको
मना क्षेत्रमा ल्याइएका हुम्लाका भक्त
कार्कीका ५० भेडा मरेका छन् । अहिले बथानै
सकिन लागेको छ ।
उनीसँग रहेका हुम्लाकै खनालगाउँ–५ का
नाङ्ग्याल लामाका ४५ भेडा मरिसकेका र छ
वटा सिकिस्त छन् । हाल मना क्षेत्रमै
चरिचरनका लागि राखिएका अन्य
व्यवसायीका भेडाबाख्रामा रोग सङ्क्रमण
भएको बताइएको छ ।
एउटा भेडाको बजार मूल्य रु १३ हजारदेखि रु
१८ हजारसम्म पर्ने गरेको छ । लामाले भने–
‘भेडा मरेपछि अन्य विकल्प नभएको मेरो
परिवारको बिचल्ली हुने भो ।’ महामारी
कालीकोट हुँदै हुम्लाबाट बाजुरा पुगेको पशु
स्वास्थ्यकर्मीको अनुमान छ ।
पशुसेवा केन्द्र रुगिनका इन्चार्ज देवनारायण
जैसीका अनुसार पाणि गाउँमा, कोल्टी
इन्चार्ज चक्रदेव जोशीका अनुसार कुरु गाउँमा
र जिल्ला पशुसेवा कार्यालयका निमित्त
प्रमुख सिद्धराज जैसीका अनुसार मानाकोट,
दहकोट, जुगाडा, रुगिन, गोत्री र
जिल्लीलगायत गाउँमा समेत महामारीबाट
सयौँ भेडाबाख्रा बिरामी परेका छन् ।
क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला
धनगढीका पशु प्राविधिकले महामारी
फैलिएको क्षेत्रमा गरेको स्थलगत अध्ययनबाट
पिपिआर नै भएको पुष्टि भएको
कार्यालयका निमित्त प्रमुख जैसीले बताए ।
रोग लागेपछि सिँगान बग्ने, ओठ पाक्ने,
आँखामा कचेरा आउने र पातलो दिसा गर्ने
लक्षण देखा पर्ने र तीन चार दिनमै मृत्यु हुने पशु
चिकित्सकले बताए ।
महामारी नियन्त्रणका लागि
कार्यालयमा रहेका पशु स्वास्थ्यकर्मीको
टोली पहिलो चरणमा प्रभावित क्षेत्रमा
परिचालन भएको निमित्त प्रमुख जैसीले
बताउनुभयो । तर प्राविधिक मात्र गएर केही
नहुने हुँदा पिपिआरविरुद्धको
भ्याक्सिनबिना नियन्त्रण नहुने किसानले
बताएका छन् ।
‘यो महामारी फैलिएपछि सबै
भेडाबाख्रालाई खोप लगाउनुपर्ने बताउँदै थप
जैसीले सहायताका लागि केन्द्रमा अनुरोध
गरेको तर दुई सात बित्दा पनि आजसम्म
भ्याक्सिन नआएको बताए ।
बाजुरामा ७१ हजार ५९४ बाख्रा र १८ हजार
२३० भेडाच्याङ्ग्रा रहेको बताउँदै
कार्यालयका प्राविधिक शङ्कर सिंहले भने –
‘आठ वर्षपछि बाजुरामा महामारी फर्किएर
चुनौती आयो ।’imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved