Home » » राज्यमन्त्री यादवसँग दुईओटा बन्दुक, राज्यमन्त्री साहसँग ७० तोला सुन, एक आयल स्टोर्स्

राज्यमन्त्री यादवसँग दुईओटा बन्दुक, राज्यमन्त्री साहसँग ७० तोला सुन, एक आयल स्टोर्स्

तीनजना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरणसार्वजनिक गरेका छन् । शान्ति तथापुनःनिर्माणमन्त्री एकनाथ ढकाल, राज्यमन्त्रीदिपनारायण साह र खानेपानी तथा सरसफाइराज्यमन्त्री दिनेशचन्द्र यादवले प्रधानमन्त्री तथामन्त्रिपरिषद कार्यालयमा आ–आफ्नो सम्पत्तिविवरण बुझाएका हुन् ।मन्त्री ढकालको गोरखा बोर्लाङ गाविस–६,ऐरिभञ्ज्याङमा करिब एक रोपनी जग्गामा घर रसोही स्थानमा १५ रोपनी पैतृक सम्पत्ति छ ।बोर्लाङको घरजग्गा मायानाथ ढकालको नाममारहेको सम्पत्ति विवरणमा उल्लेख छ ।त्यसैगरी, चितवन जिल्ला कालिका नगरपालिका–४ मा करिब एक कट्ठा पैतृक जग्गामा बनेको घर र १०कट्ठा जग्गा छ । चितवनको घरजग्गा धर्मप्रसादढकालका नाममा छ ।काठमाडौं महानगरपालिका–४ मा पारिवारिकस्वआर्जन तथा ऋण सापटीबाट चारआना जग्गामा घरजोडिएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।मन्त्री ढकालसँग पैतृक स्रोतबाट प्राप्त ११ तोला सुनर दुई किलो चाँदी छ । विभिन्न बैंक र सहकारीसंस्थामा उनको नाममा रु ६ लाख ४० हजारस्वआर्जित नगद छ ।त्यसैगरी, विभिन्न कम्पनीमा मन्त्री ढकालकै नाममारु ८४ लाखको सेयर रहेको विवरणमा उल्लेख छ । उनीसँगविदेश जाँदा सटही गरेको पाँच हजार अमेरिकीडलरसमेत छ ।राज्यमन्त्री साहको सम्पत्तिशान्ति तथा पुनःनिर्माण राज्यमन्त्रीदिपनारायण साहको महोत्तरीको सम्सी गाविस–८ मा क्रमशः १०, ५ र १५ कोठाको तीनओटा पक्कीघर छ ।उनकै नाममा सम्सी, बहादुगञ्ज शिवभक्ति खोरगौशाला गाविस र जलेश्वर नगरपालिकामा १०ओटा फरकरफरक कित्तामा गरी करिब तीन बिघाजग्गा छ । मन्त्री साहकै नाममा कृषि र व्यापारबाटआर्जित ७० तोला सुन एवं दुई किलो चाँदी छ ।उनका नाममा विभिन्न बैंकमा रु पाँच लाख नगदभएको विवरणमा उल्लेख छ ।यसैगरी, महोत्तरीको गौशालामा जयशंकर आयलस्टोर्स, एक ट्र्याक्टर र मोटरसाइकलसमेत छ ।राज्यमन्त्री यादवको सम्पत्तिखानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्रयादवको नाममा बाँकेको लक्ष्मणपुर गाविस–७ माचार कट्ठा जग्गा र नेपालगन्ज उपमहानगरपालिका–१३ मा एक कट्ठा आठ धुर जग्गामा निर्माण भएकोपुर्खौली घर छ ।बाँकेकै लक्ष्मणपुर–२ र ७ मा पाँच बिघा दुई कट्ठा सातधुर एवं कम्दी गाविस–८ मा एक बिघा दुई कट्ठा तीनधुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।उनको नाममा पैतृक स्रोतबाट प्राप्त २५ तोला सुन रसाढे दुई किलो चाँदी छ । मन्त्री यादवको नाममाट्र्याक्टर, दुईनाले बन्दुक एक थान र भरुवा बन्दुक एकथान एवं गाईभैंसीसमेत रहेको सम्पत्ति विवरणमाउल्लेख छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved