Home » » प्रधानमन्त्रीका नयाँ योजना– काठमाडौंमा रेल

प्रधानमन्त्रीका नयाँ योजना– काठमाडौंमा रेल

मगर, थारू, छन्त्याल र राउटे समुदायको राष्ट्रिय
चाड माघेसंक्रान्ति । शुक्रबार उपत्यकामा बसोवास
गर्ने मगरले टुँडिखेलमा र थारूहरूले रंगशालामा जम्मा
भएर सामूहिक रूपमा यो पर्व मनाए । टुँडिखेल र
रंगशालाको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले
सम्बोधन गरे । टुँडिखेलमा भांग्रा र ढोरा लगाएर
सम्बोधन गरेका ओलीले रंगशालामा धोती र ढोरा
लगाए । दुवै ठाउँको सम्बोधनमा ओलीले केही नयाँ र
केही पुराना योजना सुनाए :
१. काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?
काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले
त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र उत्तर–
दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के गर्ने ?
बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटार
गरेर समय काट्ने ? म यसो गर्छु भन्यो भने केहीलाई
रिस उठ्छ, केहीलाई हाासो उठ्छ । काम गरेर देशलाई
अगाडि बढाएर जाने हो । कुनै बहादुर छ, नेपालमा दुई
दिनभित्र केही गरिहाल्ने ? त्यस्तो छ भने भन्नुपर्यो ।
नभए मेरो योजना छ । त्यो योजना अगाडि बढ्छ ।
अचम्म लाग्छ । गर्छु भन्न पनि नपाइने ? काठमाडौंमा
इलेक्ट्रिक कार र बस चलाउने कुरा गरेँ । मानिस
आत्तिए । दुनियाँका अनेक सहरमा इलेक्ट्रिक बस र
कार चल्छन् । यहाँ चल्न नहुने भन्ने छ ?
२. फोहोरमैलाबाट ग्यास निकाल्छौँ
फोटो झुन्ड्याउन होइन, देश परिवर्तन गर्न म
सिंहदरबार गएको हुँ । विकास गर्न गएको हुँ, हेर्दाहेर्दै
गर्छु । हामी फोहोरमैलाबाट ग्यास निकाल्छौँ ।
अन्यत्रबाट ग्यासका पाइप ल्याउँछौं । जेसुकै गरेर भए
पनि जनताका घरका चुलोचुलोमा ग्यास पुर्याउने
व्यवस्था गरिन्छ । मानिसहरू यस्तो किन भन्यो भन्छन्
। मैले आजै साँझ तपाईंको चुलोमा ग्यास ल्याइदिने
कुरा गरेको छैन । अलिकति समय लाग्छ, तर हामी
गर्छौँ । बुद्धिजीवीहरूलाई थाहा होस्,
कलमवाजहरूलाई जानकारी होस् । बंगलादेशमा
पाइपबाट चुलोचुलोमा ग्यास पुगेको छ ।
विद्वान्हरूलाई थाहा छ कि छैन ? पाकिस्तानमा
पनि ग्यास सिलिन्डर बोक्नुपर्दैन ।
३. मगर दाहिना हुँदा प्रधानमन्त्री मगर मेरा दाहिने,
म मगरका दाहिने ।
अहिलेको सरकारमा शिवलाल थापा मगर मन्त्री
हुनुहन्छ । राज्यमन्त्री नरदेवी पुन अर्को मगर हुनुहुन्छ । म
मगरहरूसँग दाहिने छु कि छैन ? गुरुङहरू पनि दाहिने छन्,
थारूहरू दाहिने छन्, राई–लिम्बू दाहिने छन् ।
आजभोलि एउटा शब्द चर्चामा छ मधेसी । मधेसीहरू
मेरा दाहिने छन्, त्यसैकारण म प्रधानमन्त्री
छानिएको हुँ ।
४. ओलीको पाइलो खेद्नेहरू पनि छन्
तपाईंहरू टेलिभिजन हेर्नुहुन्छ होला, रेडियो सुन्नुहुन्छ
होला, पत्रपत्रिका हेर्नुहुन्छ होला, अनलाइनमा
देख्नुहुन्छ होला । केपी ओलीको पाइलो खेदेर हिँड्नेहरू
पनि छन् । तर जतिसुकै पाइलो खेदेर हिाडे पनि
उनीहरूको योजना पार लाग्दैन, किनकि मगर मेरा
दाहिने छन् ।
५. उपराष्ट्रपति को छ ?
महिला राष्ट्रपति बनाएका छौँ । महिला सभामुख
बनाएका छौँ । सभामुख पनि महिला हुनुहुन्छ,
उपराष्ट्रपति पनि महिला हुनुहुुन्छ (हाँसो) । महिला
मगर सभामुख, उपराष्ट्रपति मगर, मन्त्री मगर,
राज्यमन्त्री मगर । यहाँहरूलाई थाहा त छ,
उपराष्ट्रपति देशको आज को छ ? मगर होइन ? सभामुख
को छ ? मगर होइन ?
६. गरिब भइरहन सकिँदैन
अब नेपाललाई गरिब भइरहन दिन सकिँदैन । गरिब
बनाइरहन हुँदैन । नेपाल समृद्ध देश हुनुपर्छ । नेपालजस्तो
प्राकृतिक रूपले सम्पन्न देश, तर विकासको गति धिमा
छ । यति सुस्त छ कि जुन कुरा अब हामी सहन सक्दैनौँ ।
७. सरकारले कानमा तेल हालेको छैन
कतिपय ठाउँमा साथीहरूले भन्ने गर्छन्, ‘जनताले दु:ख
पाएका छन् । सरकार कानमा तेल हालेर बसेको छ ।’
होइन, सरकार कानमा तेल हालेर बसेको छैन । यो तीन
महिनामा सरकारले भूकम्पबाट प्रभावित ठाउँका
जनतालाई न्यानो कपडा पुर्याउनेदेखि धेरै काम
गरेको छ । भर्खरै मात्रै हामीले न्यानो कपडाका
लागि ६ अर्ब वितरण गरेका हौँ । २ गते राष्ट्रपतिले
रानीपोखरीबाट पुनर्निर्माणको महाअभियानको
थालनी गर्नुहुँदै छ ।
८. एक सय पाँच वर्षमा तीन सय मेगावाट
एक सय पाँच वर्षअघि नेपालमा जलविद्युत्
आयोजनाको सुरुवात भयो । अहिले बेलुका हामीले
तीन सय मेगावाट मात्र विद्युत् पाउँछौँ । संसारको
दोस्रो जलस्रोतको धनी देश, ८३ हजार मेगावाटभन्दा
बढी क्षमता हामीसँग छ । तर, हामीले उत्पादन जम्मा
तीन सय मेगावाट मात्र गर्यौँ । बाढी आएका वेला
साढे सात सय मेगावाट हुन्छ । यस्तो सुस्तका साथ
नेपाल अगाडि जाँदैन ।
९. कसका लागि संविधान ?
यो नेपाल हामी सबैको देश हो । भोलि संविधानमा
कस्तो हेरफेर चाहिन्छ, त्यो नेपाली जनताले निर्णय
गर्ने हो । यो संविधान अरू कसैका लागि हामीले
बनाएको होइन । यो संविधान मगर, गुरुङ, राई, लिम्बू,
क्षेत्री, बाहुन, मधेसी, पहाडी, थारू, अल्पसंख्यक,
दलित, पिछडा वर्ग, महिला, बुढापाका,
बालबालिकाका लागि बनाएको हो ।
१०. सरकार आकाशबाट झरेको होइन
अहिलेको सरकार तपाईंहरूको साथमा छ । यो सरकार
जनताको सरकार हो । आकाशबाट कसैले टिपेर
झारेको सरकार होइन । जनताप्रति अहिलेको
सरकारको जवाफदेही छ, जिम्मेवारी छ । यो सरकार
छक्याएर, छलेर, अलमल्याएर जाने होइन । देशलाई
अगाडि बढाउने संकल्प बोकेर अगाडि बढेको सरकार
हो । – नयाँ पत्रिका

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved