काठमाडौं, माघ १ । प्रधानमन्त्री केपी ओलीले जनताका घरघरमा
ग्यासको पाइपलाइन पुर्याउन सम्भव रहेको दोहोर्याएका छन् ।
अलिकति समय लाग्ने भएपनि ग्यास उत्खनन् गरेर वितरण गर्न सकिने
उनको दाबी थियो ।
प्राध्यापक डा. अरुण सायमी, डा. हेमन्द श्रेष्ठ र डा. सूर्य
देवकोटाद्वारा लिखित पुस्तकको शुक्रबार बालुवाटारमा
विमोचन गर्दै प्रधानमन्त्री
ओलीले चुला–चुलामा ग्यासको पाइप पुर्याउँछुभन्दा आफूलाई
हावादारी भनेको गुनासो गरे ।
प्रधानमन्त्रीले जनताले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने धारणा
पनि राखे ।
उपचार पाउनु जनताको अधिकार हो भन्दै उनले तत्काल सम्भव
नभएपनि भविष्यमा निःशुल्क स्वास्थ्य सेवाको योजनासहित
काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुस्तकका लेखक डा. सायमीले मुुलुक हृदयघातको
बिरामी जस्तो भएकाले तत्काल समस्याको समाधान खोज्न आग्रह
गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्....
0 comments:
Post a Comment