शरिरको इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधी
क्षमता कमजोर भयो भने विभिन्न खाले रोगब्याधीले
च्याँप्छन् । रोग विरुद्ध लड्ने सरीरको प्रतिरोधी
क्षमता वृद्ध गर्न र शरिरलाई स्वस्थ राख्नका लागि
स्वस्थ जिवनशैली, सन्तुलित आहार विहारको खाँचो
हुन्छ । भोजनमा तपाइँले समावेश गर्ने खानेकुरामा तल
दिइएका ८ प्रकारका खानेकुरा समेत समावेश गर्नुभयो
भने तपाइँको सरीरको रोग विरुद्ध लड्ने क्षमता अवश्य
पनि बढ्नेछ ।
१. लसुनः यसमा ब्याक्टेरिया तथा भाइरस
प्रतिरोधी तत्व हुन्छ । साथै यसले सरीका सिपाही
मानिने सेता रक्तकोषको उत्पादनलाई पनि
प्रोत्साहन गर्छ ।
२.अंगुरः अंगुरमा प्रसस्तै भिटामिन सी पाइन्छ ।
यसमा बायो फ्लाभिनोइड्सका साथै अन्य फाइटो
न्युट्रिएन्टस्हरु पाइन्छ । समग्रमा यसले
सरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
३.च्याउः च्याउमा सेलेनियमका साथै एन्टि
अक्सिडेन्ट तत्व पाइन्छ । भिटामिन बी लगायतका
भिटामिन पनि च्याउमा प्रसस्तै पाइन्छ । यसमा
ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइने
विभिन्न अनुसन्धानले देखाएको छ ।
४.सागपातः विभिन्न नामका हरिया सागपातमा
एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।
५. काउलीः काउली तथा ब्रोकाउलीमा एन्टी
अक्सिडेन्ट, भिटामिन तथा कोलिन, ग्लुटाथियोन
लगायतका तत्व पाइन्छन् ।
६.कटुस, ओखर जस्ता नट्सहरुमा पर्याप्त प्रोटिन,
चिल्लोका साथै भिटामिन इ, ओमेगा ३ फ्याट्टी
एसिड तथा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।
७. अण्डाको पहेँलो भागमा प्रोटिन, जिंक, सेलेनियम
जस्ता तत्वहरु हुने भएकाले यसको सेवन मानिसको रोग
प्रतिरोधी क्षमता बढाउन उपयोगी हुन्छ ।
८. दहीः दही स्वास्थ्यको लागि निकै लाभदायी
खानेकुरा हो । यसको सेवनले आन्द्राका विभिन्न
खाले रोग र क्यान्सर समेतको जोखिम कम गर्ने र
सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने विज्ञहरुको
दाबी छ । एजेन्सीको सहयोगमा
रोग प्रतिरोधी क्षमता बढाउने केही खानेकुरा
Posted by Unknown
Posted on 11:04 PM
with No comments
Labels:
Health
0 comments:
Post a Comment