Home » » अर्का डनको इन्काउन्टर तयारी !

अर्का डनको इन्काउन्टर तयारी !


नेता र अदालतको आडमा गुण्डा नाइकेहरु फेरि सक्रिय हुन थालेपछि प्रहरीले नयाँ ‘इन्काउन्टर सूची’ बनाउन
थालेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले चेतावनीका बावजुद
गुणडगर्दीहरुमै सक्रियहरुको नयाँ सूची बनाउन थालेको हो ।
निक्कै शक्तिशाली मानिएका दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटे भन्ने कुमार श्रेष्ठ प्रहरी मुडभेडमा
मारिइसकेका छन् । ती इन्काउन्टरको घटनापछि गुणडागर्दीमा संलग्नहरु सुस्ताएका थिए । तर, नेताहरुको
संरक्षणमा केही गुण्डानाइकेहरु गुण्डागर्दीकै भरमा अझै पैसा असुल्दै आएको सूचनाका आधारमा प्रहरीले
इन्काउन्टरको नयाँ सूची बनाउन थालेको हो ।
लागू औषध पक्राउ गरेर थुन्दासमेत अदालतले छाडिदिन थालेपछि प्रहरी इन्काउन्टर नै गर्ने मनस्थितिमा
पुगेको हो । ‘दावा लामाजस्ता गुण्डलाईसमेत सबै मुद्दामा अदालतले सफाई दिएछ’ महानगरीय अपराध
महाशाखाका एक अधिकारीले भने, ‘अब पक्राउ गरेर कामै छैन, जेलबाटै कतिपयले धन्दा चलाइरहेका छन् ।
गुण्डागर्दी नियन्त्रणलाई इन्काउन्टर बाहेक अब अरु विकल्प छैन ।’  दृष्टि साप्ताहिकमा खबर छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved