Home » » आर्यनलाई नाकाबन्दीले छोयो कि हुस्सुले ?

आर्यनलाई नाकाबन्दीले छोयो कि हुस्सुले ?


हुनत, अहिले भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभर ग्यासको अभाव छ । ग्यास अभावका कारण नेपालीहरु
दाउरामा खान पकाइरहेका छन् ।
नेपाली चलचित्रका चर्चित नायक आर्यन सिग्देललाई पनि नाकाबन्दीले छोएको छ । नाकाबन्दीका कारण ग्यास अभाव
भएपछि आर्यन आगो बालेर आफै खाना पकाउँदैछन् ।
हुस्सु लगाएको चिसो बिहानमा आगोमा पकाएको खाना कती मिठो हुन्छ भनेर आफूले बयान गर्न नसक्ने आर्यनको भनाई छ
। चलचित्रको छायांकनको समयमा सेटमा नै खाना खाने भएकाले पनि नेपाली कलाकारलाई नाकाबन्दीको असर खासै
परेको छैन । तर, ‘क्लासिक’ चलचित्रको छायांकन सकिएपछि आर्यनले घरमा समय दिन भ्याएका छन् । जसका कारण पनि
आर्यन चुल्होमा खाना पकाएर त्यसमै आनन्द लिइरहेका छन् ।
आर्यन जस्तै थुप्रै कलाकार अहिले नाकाबन्दीका कारण दाउरा बालेर आगोमा खाना पकाइरहेका छन् भने केही कलाकार
पेट्रोलको लाइनमा बसेर तेल हालिरहेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved