अर्घाखाँची, ६ पुस । श्रीमतीको अवैध सम्बन्धले हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले
पक्राउ गरेको छ ।
घटना अर्घाखाँची जिल्लाको हो । जहाँ आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्पर्क
राखेको भन्दै एक युवकले आफ्नै छिमेकीको हत्या गरे । उनको नाम हो जगत मुखिया । जसले
खल्जी गाविस– ४ का हेमराज भण्डारीको हत्या गरेका हुन् ।
प्यूठान दाङवाङ– १ का २१ वर्षीय मुखियालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो
। अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी कमलराज खरेलले मुखियाले ४ गते राति भण्डारीकै
घरमा उनको हत्या गरेको जानकारी दिनुभयो ।
‘मुखियाकी श्रीमतीसँग भण्डारीले अनैतिक सम्बन्ध राखेपछि आक्रोशमा आएर हत्या गरेको
अनुसन्धानबाट खुल्न आएको छ’ डीएसपी खरेलले भन्नुभयो । भारतमा जागिर गर्दै आएका
मुखिया घर नभएको बेला उनकी श्रीमती र हेमराजको सम्बन्ध बसेको थियो ।
भर्खरै मात्र भारतबाट घर फर्किएका मुखियाले गाउँमा श्रीमती सल्किएको हल्ला चलेपछि
भण्डारीकै घर गएर उनको हत्या गरेका हुन् ।
फ़ाइल फोटो
Home »
Nepali News
» अर्घाखाँचीमा श्रीमतीलाई परपुरुषको ओछ्यानमा
श्रीमानले भेटाएपछि…
अर्घाखाँचीमा श्रीमतीलाई परपुरुषको ओछ्यानमा श्रीमानले भेटाएपछि…
Posted by Unknown
Posted on 5:48 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment