बेइजिङ (चीन), ६ पुस । बेइजिङको एउटा प्रतिष्ठित
विद्यालयको भवन निर्माणमा कमजोर सामान
प्रयोग गरी निर्माण गरेको अभियोगमा १४ जना
भवन निर्माण व्यवस्थापकलाई छ वर्षको जेल सजाय
तोकिएको छ ।
सिङ्गुहा युनिभर्सिटी हाइ स्कुलको भवन निर्माण
गर्ने क्रममा निर्माणाधीन भवन भत्किँदा गएको
डिसेम्बरमा १० जना निर्माण मजदुरको मृत्यु भएको
थियो । साथै उक्त घटनामा चार जना अन्य कामदार
घाइते भएका थिए ।
बेइजिङको उत्तरपश्चिममा अवस्थित चीनको एक
प्रतिष्ठित विश्वविद्यालयसँग सहबद्धता भएको उक्त
विद्यालयको व्यायामशालाका लागि बनाइएको
भवन निर्माण पूरा हुनु अगावै भत्किएको थियो ।
चीनको राज्य नियन्त्रित सञ्चारमाध्यम, सिन्ह्वा
न्युज एजेन्सीले जनाएअनुसार चीनको अदालतले
निर्माण व्यवस्थापकले भवन निर्माणका लागि
चाहिने स्टीलको छड गुणस्तरीय नहुँदा दुर्घटना हुन
पुगेको भन्दै निर्माणमा संलग्न १४ निर्माण
व्यवस्थापकलाई जेलको सजाय सुनाएको हो ।
अदालतले सुरक्षाका लागि अपनाइनुपर्ने अन्य
प्रविधिको पनि भवनमा प्रयोग नगरेको ठहर गरेको छ
। नेपालमा अनियमिता गर्ने र भ्रष्टाचारी गर्नेलाई
कारवाही नभइरहेका बेला चीनको यो घटनाले
दरिलो पाठ सिकाउँछ । रासस/एपी
Home »
Nepali News
» चीनबाट नेपालले सिक्नुपर्ने
संस्कार !
चीनबाट नेपालले सिक्नुपर्ने संस्कार !
Posted by Unknown
Posted on 8:16 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment