Home » » तीनबुँदे प्रस्तावलाई सकारात्मक भन्दै भारतद्वारा स्वागत

तीनबुँदे प्रस्तावलाई सकारात्मक भन्दै भारतद्वारा स्वागत


६ पुस, काठमाडौं । मधेस समस्या समाधानका लागि
सरकारले अघि सारेको तीनबुँदे प्रस्तावको भारतले
स्वागत गरेको छ । साथै उसले नेपालको अवस्था
सामान्य हुनासाथ दुईर् देशको व्यापार सहज हुने
विश्वास समेत व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी
गरी मन्त्रिपरिषदले पास गरेको प्रस्ताव उपप्रधान एवं
परराष्ट्रमन्त्री कमल थापाले विदेशमन्त्री सुष्मा
स्वराजलाई जानकारी गराएको बताएको छ ।
‘नेपालको गतिरोध अन्त्यका लागि भएको
सकारात्मक विकासको भारत सरकार स्वागत गर्छ’
विज्ञप्तिमा भनिएको छ ।
भारतले छिमेकी र शुभचिन्तक हुनुको नाताले नेपालमा
संविधानलाई लिएर देखिएको मतभेद र अशान्तिसँग
आफ्नो गहिरो सम्वन्ध रहेको बताएको छ । उसले
संवैधानिक मुद्धामा देखिएको असन्तुष्टि सम्बोधनका
लागि आवश्यक परिपक्कता र लचकता देखाउन नेपालका
राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ ।
भारतले नेपालको अवस्था सामान्य हुनासाथ दुई
देशबीचको व्यापारका लागि सहज वातावरण बन्ने
बताएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved