सुरुङ्गा (झापा), ५ पुस । मुस्लिम धर्मअनुसार गर्भपतन
गर्न नहुने धार्मिक परम्पराको मर्यादालाई कायम
राख्दै दक्षिणी झापाको चकचकीका मुस्लिम
समुदायका अधिकांश महिलाले परिवार नियोजनको
अस्थायी साधन प्रयोग गरी दुई सन्तानमात्र
जन्माउन थालेका छन् ।
सुरक्षित गर्भपतन सेवा कानुनी भए पनि यो
समुदायमा गर्भपतन धार्मिक अपराध हो भन्ने
मानसिकता अझै कायम छ । सोही
मानसिकताअनुसार धार्मिक अपराधबाट बच्न
सन्तानको रहर पुगिसकेका मुस्लिम समुदायका महिला
अहिले परिवार नियोजनको अस्थायी साधन प्रयोग
गर्दै छन् ।
केही वर्षअघिसम्म समाज र परिवारले थाहा पाउलान्
भन्ने डरले अस्थायी साधन प्रयोग गर्नका लागि
लुकीलुकी स्वास्थ्य संस्था धाउने मुस्लिम समुदायका
महिला अहिले निर्धक्क आफ्ना श्रीमान्सँगै स्वास्थ्य
संस्था आउने गरेको चकचकी स्वास्थ्य संस्थाका अहेब
लक्ष्मण साहले बताउनुभयो ।
आफ्नो स्वास्थ्यमा खासै चासो नदेखाउने यो
समुदायका महिलाले बढ्दै गएको चेतानाका कारण
बन्ध्याकरण गराउन स्वास्थ्य संस्था आउन थालेपछि
शनिबार आफ्नो स्वास्थ्य संस्थामा निःशुल्क
स्वास्थ्य शिविरको आयोजना गरेको साहले उल्लेख
गर्नु भयो ।
शिविरमा १५ जना महिलाले बन्ध्याकरण गरेकामा
आठजना मुस्लिम समुदायका महिलाले मात्रै
पाखुरामा राखिने परिवार नियोजनको पाँच वर्षे
अस्थायी साधन (नरप्लान्ट) राखेको अहेब साहले
जानकारी दिनु भयो ।
शिविरमा आएका महिलामध्ये १४ जनाले परिवार
नियोजनको अस्थायी साधन नरप्लान्ट प्रयोग गरेका
थिए भने एकजना महिलाले पाठेघरमा राखिने १२ वर्षे
अस्थायी साधन कपर्टी प्रयोग गरेका थिए ।
केही वर्षअघिसम्म मुस्लिम समुदायका महिलाले
बन्ध्याकरण गराउनु हुँदैन बन्ध्याकरण गराए शरीरमा
समस्या आउँछ भन्ने डरले जन्मान्तर राख्न नचाहे पनि
चेतनाको विकाससँगै अहिले अन्य समुदायका महिलाले
जस्तै परिवार नियोजनको अस्थायी साधन प्रयोग
गर्न थाल्नुले मुस्लिम, सन्थालजस्तो समुदायको पनि
पहुँच विस्तारै स्वास्थ्य क्षेत्रमा बढ्दै गएको मान्नुपर्छ
– अहेब साहले भन्नुभयो । रासस
Home »
Nepali News
» मुस्लिम समुदाय पनि परिवार
नियोजन सेवा लिँदै
मुस्लिम समुदाय पनि परिवार नियोजन सेवा लिँदै
Posted by Unknown
Posted on 11:59 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment