Home » » बुहारीले गरिन् ससुराको किरिया

बुहारीले गरिन् ससुराको किरिया

तुलसीपुर (दाङ), ५ पुस । तुलसीपुर नगरपालिका– १९
निवासी सावित्रा ढकाल आफ्ना ससुरा शेषमणि
गौतमको किरियामा बस्नुभएको छ ।
गत बिहीबार बेलुका ६७ वर्षीय ससुराको निधन भएको
हो । सावित्राका श्रीमान् अशोक पण्डित स्व
गौतमका एक मात्र छोरा हुनुहुन्छ जो हाल
रोजगारीका सिलसिलामा मलेसियामा हुनुहुन्छ ।
सात वर्षदेखि रोगले थलिनुभएका ससुराको
स्याहारसुसार समेत गर्नुभएकी सावित्राले समाजमा
रहेको कुसंस्कृतिलाई तोड्दै आफू किरियामा बसेको
बताउनुभयो ।
उहाँकी सासूको भने पाँच वर्षअघि नै निधन भइसकेको छ
। कोरावस्त्र पहिरेर किरियामा बस्नुभएकी
सावित्राले ससुरालाई वैदिक परम्पराअनुसार
बबईघाटमा दागबत्ती दिएर अन्त्येष्टि गर्नुभएको थियो
। रासस
फ़ाइल तस्विर

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved