काठमाडौं, ५ पुस । भारतमा शक्तिशाली भूकम्प
गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको
कैयौ भूभागमा भूकम्पको धक्काले जमिनै बेस्सरी
हल्लिएको छ । जसका कारण सर्वसाधारणमा त्रास
छाएको छ । घर छाडेर खुल्ला ठाउँमा गएका छन् ।
पिथौरागढको धारचूलामा शनिवार ३ बजेर ४७
मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस
गरिएको हो । यसको केन्द्र नेपालसँग जोडिएको
जिल्ला रहेको बताइएको छ ।
भारतीय मौसम विभागका अनुसार भूकम्पको केन्द्र
जमिनबाट दस किलोमिटर गहिराईमा थियो ।
धारचूलामा भूकम्पको झट् बढी महसुस गरिएको थियो
। लगातार तीन वटा झट्का गएको बताइएको छ ।
आपदा प्रबन्धन अधिकारी डा. आरएस राणाले
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको
बताए ।
जमिन हल्लाउँदै भारतमा गयो शक्तिशाली भूकम्प
Posted by Unknown
Posted on 11:56 PM
with No comments
Labels:
World

0 comments:
Post a Comment