वि.सं. २०७२ साल पुस ३ गते। शुक्रबार। इश्वी सन् २०१५
डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व।
मार्गशीर्ष शुक्लपक्ष। तिथि– सप्तमी, ०८:५१ बजेदेखि
अष्टमी ३०:३६ बजेउप्रान्त नवमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेहनत गर्दा अलि कम मूल्य
प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने
रकम हातलागी हुनेछ।
स्थायीभन्दा अस्थायी
पेसाबाट फाइदा हुने समय छ।
आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको
आम्दानी र सञ्चित रकम समेत खर्च हुने सम्भावना
छ। सोचेको फाइदा उठाउन अलि नसकिएला।
खर्चको मात्रा बढ्न सक्छ। परिस्थिति
अन्योलमय बन्न सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रतिष्ठित काम गरेर धेरैको मन
लोभ्याउन सकिनेछ। विशिष्ट
व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
अरूलाई प्रभावित पारेर काम
बनाउने समय छ। आफ्नो क्षेत्रमा
प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा
कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक
सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा
पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम
गर्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भाग्यले नसोचेको फाइदा
दिलाउन सक्छ। चुनौतीहरू
स्वतः हट्नेछन् भने कर्मयोग र
आम्दानीले पछ्याउनेछन्।
टाढिएका साथीभाइ
नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको
तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम,
इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू
जुटिदिनाले चिताएका कामहरू पनि सजिलै
बन्नेछन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कामका लागि गरिएको
भ्रमणमा समय मात्र बित्नेछ।
समस्या थपिन सक्छन्।
सानातिना काम र घरेलु
समस्यामै अल्झनुपर्ने देखिन्छ।
स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ।
उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी
र लेनदेनमा विवाद होला। व्यावसायिक
काममा पनि विभिन्न समस्या आउन सक्छन्।
इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई
फाइदा हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विगतका समस्या बल्झिन
सक्छन्। प्रयत्न गर्दा
व्यावसायिक काम सम्पादन
हुनेछन्। तर व्यापार–व्यवसायमा
सोचेको लाभ नमिल्न सक्छ।
यात्रामा पनि समस्या आउने र बाध्यताका
काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा
असमझदारी वा प्रतिस्पर्धाको समय छ।
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला।
सवारीसाधन उपयोग गर्दा अलि सावधानी
अपनाउनुपर्ला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न
सकिनेछ। मेहनतले प्रतिस्पर्धाको
दौड जिताउन सक्छ। भौतिक
साधन जुट्नेछन् र दिगो फाइदा
हुने काम सुरु हुन सक्छ।
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने
बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका
लागि मात्र समय उत्साहजनक रहनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सुखद समाचारले अझ उत्साह
बढ्नेछ। नयाँ ज्ञान सिक्ने
मौका छ। व्यापार–
व्यवसायमा विशेष लाभ लिने
समय छ। व्यावसायिक यात्रा
सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध
बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ
सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण
सम्मान पाइएला। बोलीकै भरमा विशेष काम
सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
(Scorpio)
पारिवारिक भेटघाटको समय
छ। टाढिएका आफन्तहरू
नजिकिनेछन्। घरमा बसेरै
विभिन्न काम सम्पादन गर्न
सकिनेछ। आत्मीयजनसँग भेटघाट
होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी
काममा आकर्षित भइनेछ। कृषि तथा पशु
व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक
पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–
मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न उपहार प्राप्त हुने समय
छ। सहयोगीहरूले राम्रो साथ
दिनेछन्। रोकिएका काम बन्ने र
नयाँ काम सुरु गर्ने समय छ।
उद्योग र व्यापारमा विशेष
फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै
हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल
पाइनेछ। कृषिमा कामको चाप र चौपायामा
केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने
समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
(Capricorn)
सजिलै काम बन्नाले उत्साह
जाग्नेछ। सानो प्रयत्नले ठूलो
काम सम्पादन हुनेछ। एउटै
कामबाट दोहोरो लाभ
मिल्नेछ। गरेका कामबाट धेरैलाई
फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ
दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा
प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी
बन्ने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
रचनात्मक काम सुरु गर्ने समय छ।
रमाइलो जमघटका बीच
स्वादिष्ट भोजनको आनन्द
पाइएला। विगतको सफलताले
थप काम गर्न हौसला मिल्नेछ।
नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू
प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला।
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने
मौका छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
चुनौती देखिए पनि
स्वाभिमानको रक्षा गर्न
सकिनेछ। दिगो आम्दानी हुने
काम फेला पार्न सकिनेछ।
बलमिच्याइँले हानि पुर्याउन
सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ
टाढिन सक्छन्। धैर्यले काम लिँदा
प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका
साथीभाइ टाढिए पनि टाढाका साथीभाइ
फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ।
अनजानको गल्तीले हानि पुर्याउन सक्छ।

0 comments:
Post a Comment