Home » » साउदीमा महिलालाई के के प्रतिबन्ध छ?

साउदीमा महिलालाई के के प्रतिबन्ध छ?


साउदी अरबका महिलाले पहिलो पटक भोटिङ अधिकार पाएका छन्। महिलालाई खासै अधिकार नदिने र
महिला प्रति कठोर नियम भएको साउदीमा अझै पनि त्यहाँका महिलाले विश्वका अन्य देशमा सामान्य
मानिने थुप्रै काम गर्न पाउँदैनन।
के के प्रतिबन्ध छ साउदीका महिलालाई?
१. ड्राइभ: साउदी अरब विश्वको एक मात्र त्यस्तो देश हो जहाँ महिलालाई गाडी चलाउने अनुमति छैन।
२. घुमफिर: घरका कुनै एक पुरुष संरक्षणकर्ताको अनुमति बिना महिलालाई एक्लै घुमफिर गर्न प्रतिबन्ध छ।
३. विवाह: संरक्षणकर्ताको अनुमति विना महिलाले विवाह गर्न पाउदैनन्।
४. रोजगारी: संरक्षणकर्ताको अनुमति बिना महिलाले आफुले चाहेको नोकरी गर्न पाउँदैनन्।
५. टाउको देखि खुट्टासम्म कालो कपडाले नछोपी सार्वजनिक स्थलमा उपस्थित हुन पाउँदैनन्।
६. पुरुषको जति नै सम्पति पाउन वा राख्न पाउँदैनन।
७. तोकिएको सिमित काम मात्र गर्न पाउँछन्।
८. सार्वजनिक स्थलमा (रेष्टुरेन्ट जस्तो ठाउँमा) अपरिचित व्यक्तिसंग घुलमिल हुन पाउँदैनन।
९. पुरुषले झै सजिलै सम्बन्ध बिच्छेद गर्न पाउँदैनन।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved