Home » » जानकी मन्दिरमा कुकुर छिराएकाले गंगाजल छर्किएको होः उपेन्द्र यादव

जानकी मन्दिरमा कुकुर छिराएकाले गंगाजल छर्किएको होः उपेन्द्र यादव


६ पुस, काठमाडौं । मधेसी मोर्चामा आवद्ध संघीय
समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले
राष्ट्रपतिको भ्रमणका क्रममा जानकी मन्दिरभित्र
कुकुर छिराएकाले गंगाजल छर्किएको दाबी गरेका छन् ।
पार्टीनिकट संघीय प्रेस युनियनका
पदाधिकारीहरुसँगको भेटमा यादवले जानकी मन्दिरमा
राष्ट्रपति प्रवेश गरेकाले शुद्धीकरण नगरिएको दाबी गरे

विवाह पञ्चमीका अवसरमा हालै मात्र राष्ट्रपति
विद्या भण्डारी जानकी मन्दिर गएकी थिइन् ।
आफ्ना विरोधका बीच राष्ट्रपति आएपछि आक्रोसित
बनेका आन्दोलनकारीले भोलिपल्ट गंगाजल छर्किएर
मन्दिर चोख्याए ।
राष्ट्रपति विधवा भएको र उनी जाँदा मन्दिर अशुद्ध
भएको भन्दै मन्दिर चोख्याएको उनीहरुले बताए । तर,
यसको चौतफी आलोचना भएपछि मधेसी मोर्चाका
नेताहरुले अहिले भने सुरक्षाकर्मी जुत्ता लगाएर गएको र
कुकुर समेत लगेकाले चोख्याइएको दाबी गरेका छन् ।
फोरम नेपालका अध्यक्ष यादवले पनि राष्ट्रपति
विद्या भण्डारी प्रवेश गर्नाले भन्दा पनि कुकुर
छिराएर जथाभावी सुगाएको र र्याल चुहिएकाले
मन्दिर शुद्ध गर्न गंगाजल छर्किएको बताएका छन् ।
साथै, उनले छालाको बुटसहित सेना र प्रहरी कुकुरसहित
छिर्नुलाई साँस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन्
। ‘कुनैपनि मठमन्दिरमा जुत्तालगाएर कुकुर प्रवेश गर्न
पाइँदैन’ उनले भने-‘तर, बुटसहित सेनाले कुकुरलाई
मन्दिरभित्र लगेको छ । यसैले गर्दा गंगाजल छर्किइएको
हो ।’
विधवा महिलालाई जानकी मन्दिरमा पूजापाठ गर्न
आजसम्म वञ्चित नगरिएको भन्दै उनले विधुवा भएकै कारण
गंगाजल छर्किएको विषयलाई उछाल्नु वाईयात भएको
टिप्पणी गरे । ‘विधुवा भएकैले गंगाजल छर्किएको भन्नु
वाईयात कुरा हो,’ उनले भने, ‘मन्दिरमा पूजा गर्न
विधुवालाई पनि कसैले रोक्न मिल्दैन ।’
प्याकेजमै सहमति गरौं
संघीय समाजवादी फोरमका अध्यक्ष यादवले जारी
राजनीतिक संकटको समाधान ‘प्याकेज’मै गर्नु पर्ने
बताए । सत्तापक्ष र विपक्षी कांग्रेससँग प्याकेजमै
सहमति गरी समाधान निकाल्न छलफल भइरहेको उनले
बताए ।
संसद बैठक आगामी शुक्रबारसम्म स्थगन गरिएको भए
तापनि मधेस समस्याको समाधान सरकारको ‘मुड’मा
भर पर्ने उनले बताए । ‘संशोधन विधेयक अमूर्त छ,’ यादवले
भने-‘कसका लागि ल्याइएको हो ? कसले फाइदा पाउने
हो ? यसमा स्पष्ट छैन ।’
युनियनका अध्यक्ष गोविन्द छन्त्यालको नेतृत्वमा
पुगेको टोलीलाई वरिष्ठ नेता तथा संसदीय दलका
नेता अशोक राईले अधिकारको जारी आन्दोलनबारे
केही मिडियाले गलत सूचना दिइरहेको बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved