तराईमा जागरण अभियान चलाउन कमाण्डर तोकिए
६ पुस, काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन
युवा संघ नेपालले मधेसी मोर्चामा आवद्ध चार दलका
चार शीर्ष नेतालाई राज्यद्रोहको अभियोगमा
आजिवन जेलमा राख्न माग गरेको छ ।
युवा संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी
राष्ट्रविरुद्ध अपराध गरेको आरोप लगाउँदै आजिवन
काराबासको माग गरेको हो । संघका अध्यक्ष राजिव
पहारीले भने-‘उनीहरुका माग मधेसी जनताबाटै
अस्वीकृत भइसकेका छन् । तर, उनीहरु सत्ता स्वार्थका
लागि राज्य विरुद्ध अपराध गर्दैछन् ।’
संविधानको संरक्षक रहेकी राष्ट्रपति विद्या
भण्डारीको अपमान गरेको भन्दै युवा संघले संघीय
समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव,
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ
ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र
यादवविरुद्ध आक्रोश व्यक्त गरेको छ ।
संघका अध्यक्ष पहारीले राष्ट्रपतिमाथि भएको
व्यवहार कुनै पनि हिसाबले क्षम्य नभएको बताए । जनकपुर
काण्डका दोषीलाई पक्राउ नगरिए संघले पक्रेर बुझाउने
उनले बताए ।
साथै उनले मधेसवादी दलका शीर्ष नेताहरु मुलुकलाई
टुक्र्याउने अभियानमा लागेको भन्दै तत्काल गिरफ्तार
गरेर राज्यद्रोहको अभियोग लगाइनुपर्ने माग गरे ।
संघले मधेशवादी दलले गरेको आन्दोलनका कारण मधेसका
जनताको दैनिकी निकै कष्टकर बनेको भन्दै मधेसका
जिल्लामा दुई महिने जागरण अभियान संचालन गरिने
बनाएको छ । १८ जिल्लामा सन्चालन हुने माधेस जागरण
तथा संवाद अभियानको नेतृत्व पदाधिकारी र
स्थायी कमिटी सदस्यहरुले गरेका छन् ।
अभियान अन्तर्गत अध्यक्ष पहारी पर्सामा खटिनेछन् भने
उपाध्यक्ष दिलु पन्त धनुषामा खटिने संघले जनाएको छ ।
त्यस्तै अर्का उपाध्यक्ष रमेश पौडेल सिराहा, चन्द्र
लामा रुपन्देही, गोविन्द थापा झापा, महासचिव
किरण पौडेल सप्तरीमा खटिनेछन् ।
सचिव मन्जु यादव महोत्तरी, नरेश शाही सुनसरी,
परशुराम बस्नेत मोरङ र क्रान्ति बुर्लाकोटी
नवलपरासीमा खटिनेछिन् ।
Home »
Nepali News
» मधेसी मोर्चाका चार
नेतालाई राज्यद्रोहको
मुद्दा लाउन युवा संघको माग
मधेसी मोर्चाका चार नेतालाई राज्यद्रोहको मुद्दा लाउन युवा संघको माग
Posted by Unknown
Posted on 1:47 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment