Home » , » एक अर्ब तीन करोड अमेरिकी डलरमा विक्रि भयो एनसेल तर तपाईँको सेटमा नम्बरचाहिँ कायम रहन्छ..

एक अर्ब तीन करोड अमेरिकी डलरमा विक्रि भयो एनसेल तर तपाईँको सेटमा नम्बरचाहिँ कायम रहन्छ..


पुस ६
काठमाडौं–टेलियासोनेरा नेपाली
मोवाईल सेवा प्रदायक कम्पनी
एनसेलमा रहेको आफ्नो ६० दशमलब ४
प्रतिशत शेयर एसियाकै ठूलो दूरसंचार
कम्पनी मध्येको एक एक्सिएटालाई एक
अर्ब तीन करोड अमेरिकी डलरमा
बिक्री गर्न सहमत भएको छ ।
उक्त कारोबार ऋण रहित तथा नगद
आधारमा हुनेछ । साथै,
टेलियासोनेराले एनसेलको २० प्रतिशत
स्थानीय स्वामित्वमा रहेको आफ्नो
वित्तीय स्वार्थ पनि चार करोड असी
लाख अमेरिकी डलरमा निसर्ग गर्नेछ ।
यि दुई कारोबार एक अर्कासँग
अन्तरनिर्भर हुनेछन् ।
“टेलियासोनेरालाई नयाँ ढंँगले
अगाडि बढाउने रणनीति अनुसार
हामीले युरेशिया क्षेत्रका सातवटा
स्थानबाट हाम्रो उपस्थितिलाई न्यून
गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका
आफ्नो व्यवसायमा केन्द्रित रहने
योजनाको सेप्टेम्बरमा उद्घोष गरेका
थियौं । टेलियासोनेरालाई अगाडि
बढाउने उक्त योजना अनुरुपको पहिलो
कदम तथा ठोस प्रमाणको घोषणा गर्न
पाउँदा मलाई सारै खुशी लागेको छ ।
एक्सिएटालाई एउटा नयाँ धनीको
रुपमा देख्न पाउँदा पनि मलाई खुशी
लागेको छ । यसबाट एनसेललाई अर्को
उचाइमा पुरयाउनका लागि हाम्रा
समर्पित कर्मचारीहरुले असल साथ
पाउछन् भन्ने कुरामा म विश्वस्त छु”,
टेलियासोनेराका प्रेसिडेन्ट तथा
कार्यकारी प्रमुख योहान डेनेलिन्डले
भने ।
एक्सिएटाको हाल छब्बीस करोडभन्दा
धेरै ग्राहक तथा पच्चीस हजार
कर्मचारी छन् । एनसेलले एक्सिएटाको
हाल मलेसिया, ईन्डोनेसिया,
श्रीलंका, बंगलादेश, कम्बोडिया,
भारत, सिंगापुर र पाकिस्तान
लगायतका एशियाको दुरसंचार
क्षेत्रमा रहेको सम्पत्ति
पोर्टफोलियोलाई अझ बढाउनेछ ।
मलेशियाको स्टक एक्सचेन्जमा अनुसूचित
एक्सिएटा दक्षिण एशियामा केन्द्रित
तथा विशेषज्ञता राख्ने र आफ्नो
व्यवसाय रहेको देशको विकास र
उन्नितका लागि दिर्घकालीन
लगानीकर्ताको रुपमा योगदान
पुरयाई रहेको ख्यातीप्राप्त कम्पनी
हो ।
सेयर बिक्रीका एकआर्कासँग
अन्तरनिर्भर दुई कारोबारहरु रहेका छन् ।
टेलियासोनेराले आफ्नो ६० दशमलब ४
प्रतिशत स्वामित्व एक्सिएटालाई
चालु बाह्र महीनाको अवधिमा
भ्ख्रभ्द्यक्ष्त्म्ब् को ५ गुणाले निर्धारित
मूल्य बमोजिम हुन आउने एक अर्ब तीन
करोड अमेरिकी डलरमा ऋण रहित
आधारमा नगदमा बिक्री गर्नेछ । सन्
२०१५ सेप्टेम्बर ३० सम्म एनसेलको खुद नगद
स्थिति खरिद मूल्य समायोजन पश्चात
करिब अठ्ठाइस करोड चालीस लाख
अमेरिकी डलर रहेको थियो र
कारोबार समापन हुँदा
टेलियासोनेरालाई नगद स्थितिको
लागि यसको वित्तीय स्वार्थ ८०
दशमलब ४ प्रतिशतको अनुपातमा
भुक्तानी गरिने बताइएको छ ।
टेलियासोनेराको ६० दशमलब ४ प्रतिशत
बाहेक हाल स्थानीय रुपमा निरज
श्रेष्ठले लिएको एनसेलको २० प्रतिशत
शेयर पनि एकीकृत गर्नेछ । प्रचलित
नेपाली कानून अनुसार २० प्रतिशत शेयर
नेपाली नागरिकको हुनु आवश्यक छ ।
कारोबारको समापनसँगै
टेलियासोनेरा र निरज श्रेष्ठ विच सन्
२०१२ मा भएको व्यवस्था पनि अन्त्य
हुनेछ ।
एक्सिएटालाई आफ्नो शेयर विक्रि गर्ने
सम्झौता अन्तर्गत टेलियासोनेराले
स्थानिय स्वामित्वमा रहेको २०
प्रतिशतमा निहित आफ्नो वित्तीय
स्वार्थलाई पनि निसर्ग गर्नेछ र
सिंगापुरमा दर्ता भएको सुनिवेरा
क्यापिटल भेन्चर्स प्रा. लि बाट करिव
चार करोड असी लाख अमेरिकी डलर
प्राप्त गर्नेछ । नीरज श्रेष्ठले आफ्नो
नाममा रहेको स्थानिय स्वमित्वको
शेयर एक्सिएटाले छानेको स्थानिय
साझेदार श्रीमती भावना सिंह
श्रेष्ठलाई विक्री गर्नेछन् ।
कारोबारको हिस्साको रुपमा,
भाईजरले पनि उसको एनसेलमा रहेको १९
दशमलब ६ प्रतिशत शेयर एक्सिएटालाई
विक्री गर्नेछ ।
टेलियासोनेराले यो सम्झौतामा
संलग्न कम्पनीहरु, श्रीमती भावना सिंह
श्रेष्ठ र सम्बन्धित पक्षहरुको आन्तरिक
तथा बाहिरी परामर्शदाता मार्फत
विस्तृत पहिचान तथा पृष्ठभुमि जाँच
(एक्स्टेन्सिभ ड्यु डिलिजेन्स एण्ड
व्याकग्राउण्ड चेक) गरिसेकेको छ । साथै
टेलियासोनेराले एक्सियटासंग पनि
उत्तरदायी व्यवसाय तथा संस्थागत
सुशासन सम्बन्धी असल अभ्यासको
बारेमा निजहरुको भावी नीति तथा
कार्ययोजना, प्रतिबद्धताका बारेमा
लागि छलफल गरिसकेको छ । वाक्
स्वतन्त्रता तथा भ्रष्ट्राचार विरुद्ध
दुरसंचार व्यवसायिक आचरण सम्बन्धि
औद्योगिक संवादको अभियान मा
खरिदकर्तालाई सहभागी गराउन
टेलियासोनेरा सक्रियरुपमा लाग्नेछ ।
“जिम्मेवारीपूर्वक वहिर्गमन हाम्रो
लागि अति महत्वपूर्ण छ ।
भुकम्पपश्चातको नेपालको
पुनर्निर्माणमा हामी नेपाल सरकारसँग
हाम्रो सहकार्य जारी राख्नेछौं,”
योहान डेनेलिन्डले भने ।
सम्पूर्ण कारोवार समाविष्ट गर्दा शेयर
विक्रीबाट टेलियासोनेरामा
खासगरी कर सम्बन्धि व्यवस्था पश्चात
करिब सात अर्ब पचास करोड स्विडिस
क्रोनर बराबरको खुद नगद प्रवाह हुनेछ ।
कारोबारबाट टेलियासोनेराको खुद
आयमा न्युन असर पर्नेछ र यो कुरा अझ
समापन मितिसम्म हुने विदेशी मुद्राको
विनिमय दरको उतर चढावमा पनि भर
पर्नेछ ।
बिक्रीबाट प्राप्त अपेक्षित रकमलाई
टेलियासोनेराको ऋण भुक्तान गर्ने
काममा प्रयोग गरी ईन्भेष्टमेन्ट ग्रेड
क्रेडिट रेटिंगलाई ए माइनसदेखि
विविवि प्लससम्म कायम गर्ने अपेक्षा
गरिएको छ । टेलियासोनेराले सन् २०१५
को आर्थिक वर्षमा प्रति सेयर
स्वीडिस क्रोनर ३ को दरले लाभांस
वितरण गर्ने अपेक्षा गरेको छ ।
यो कारोबारका लागि
टेलियासोनेराका वित्तीय तथा
कानूनी विषयका मुख्य
परामर्शदाताहरु यू बी एस, डिलोयट,
डेभिस पोल्क, म्यान्हिमर स्वार्टलिंग,
कन्ट्रोल रिस्क र क्रोल रहेका छन् ।
साथै सम्झौता नेपालको उद्योग
विभाग, नेपाल दूरसंचार प्राधिकरण,
मलेसियन केन्द्रिय बैंक तथा
एक्सिएटाका शेयरहोल्डरहरुको
स्वीकृतिको अधीनमा रहने छ । यो
कारोबार सन् २०१६ को पहिलो ६
महिना सम्ममा समापन हुने अपेक्षा
गरिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved