Home » , » शुक्रबार रिलिज भएका बलिउड फिल्म 'बाजीराव' र 'दिलवाले' दुबैको विरोध

शुक्रबार रिलिज भएका बलिउड फिल्म 'बाजीराव' र 'दिलवाले' दुबैको विरोध

मुम्बई, पुस ३ । शुक्रबार रिलिज भएका दुई चर्चित बलिउड फिल्म
‘बाजीराव मस्तानी’ र ‘दिलवाले’को व्यापक विरोध भएको छ ।
विरोध प्रदर्शनका कारण दुबै चलचित्र भारतका केही सहरमा प्रदर्शन
हुन सकेन ।
भारतको पुणेमा ‘बाजीराव मस्तानी’ शुक्रबार प्रदर्शन हुन सकेको छैन
। विरोध प्रदर्शनका कारण सो
सहरस्थित एक सिनेमा हलमा उक्त चलचित्रको शुक्रबारका सबै शो रद्द
गरिएको छ । अन्य केही हलमा भने सुरक्षाकर्मीको उपस्थितीमा
चलचित्र प्रदर्शन गरिएको छ ।
सो चलचित्रमा समावेश विषयबस्तुमाथि भारतीय जनता पार्टीका
स्थानीय कार्यकर्ताले आपत्ति जनाएका हुन् । उनीहरुका अनुसार
चलचित्रमा बाजीरावको भूमिकालाई गलत तरिकाले देखाइएको छ ।
चलचित्रमा मराठा इतिहासलाई तोडमोड गरिएको आरोप पनि
लगाइएको छ ।
त्यस्तै शाहरुख खान अभिनित ‘दिलवाले’को विरोधमा मध्यप्रदेशको
जबलपुर र उत्तरप्रदेशको इलाहावादमा प्रदर्शन भएको छ ।
राजस्थानको भीलवाडामा पनि सो चलचित्रको विरोधमा
प्रदर्शन उग्र भएपछि प्रदर्शन रोकिएको छ ।
उक्त चलचित्रको विरोध हुनुमा केही दिनअघि शाहरुख खानले दिएको
अभिव्यक्तिलाई आधार मानिएको छ । भारतमा बढ्दो
असहिष्णुताका बारेमा शाहरुखले दिएको अभिव्यक्तिको केही
हिन्दुवादी संगठनले विरोध जनाएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved