Home » » आन्दोलन अझै सशक्त हुन्छ, मुलुकले थेग्न सक्दैन : यादव (भिडियोसहित)

आन्दोलन अझै सशक्त हुन्छ, मुलुकले थेग्न सक्दैन : यादव (भिडियोसहित)

काठमाडौं, पुस २ । आफूहरुको असहमतिबीच संविधान
संशोधनसम्बन्धी विधेयक व्यवस्थापिका–संसदमा पेश भएपछि मधेसी
मोर्चा थप आक्रोशित बनेको छ ।
संसदमा विरोध भएको अवस्थामा संसद चल्न नसक्ने मान्यतलाई
बहुमतका आधारमा पेलेको भन्दै मोर्चाले आन्दोलनलाई थप सशक्त
बनाउने तयारी थालेको छ । यद्यपि, सार्थक वार्ताका लागि सधैं
तयार रहेको मोर्चाको भनाइ छ ।

सामान्यतः संसदको बैठकमा सांसदहरु आफ्नो स्थानबाट उठेपछि
त्यसलाई अवरुद्धको अवस्था मानिन्छ । तर, गत मंगलबार आन्दोलनरत
मधेसी मोर्चाका सांसदहरु आफ्नो स्थानबाट उभिएर विरोध
गरिरहँदा संसदको बैठक सुचारु भयो ।
त्यसपछि उनीहरु नाराबाजी गर्दै वेल घेर्न पुगे, त्यति हुँदा पनि
संसदको बैठक रोकिएन बरु दुईओटा विधेयकहरु संसदमा पेश भए । एक
रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved