काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा आठ
प्रदेशमा सहमति हुनसक्ने बताएका छन्।
पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा
प्रचण्डले भने, 'अन्ततः एमाओवादीले पहिलेदेखि उठाउँदै
आएको आठ प्रदेशमा सहमति बन्ने अवस्था बन्दैछ ।'
उनले मुलुकले छिटै निकास पाउने बताए ।उनले
सिमांकनमा परिमार्जन गर्न एमाओवादी पहिले नै
तयार भए पनि कांग्रेस र एमालेको ढिपीका कारण
यो हुन नसकेको बताउँदै भने, अब कांग्रेस एमाले पनि
केही लचिलो देखिएका छन् । मोर्चासँग वार्ता
जारी छ। छिटै एउटा निश्कर्षमा पुग्न सकिएला ।
उनले राजनीतिक संयन्त्र वा आयोग बनाएर तीन
महिनाभित्र सिमांकन टुंगो लगाउन मोर्चा तयार
देखिएको तर केही प्राविधिक पक्ष मिलाउन बाँकी
रहेको बताए ।
प्रचण्डले सरकारले गरेको तीनबुँदे निर्णयमा टेकेर सहमति
खोज्न सकिने र त्यसका लागि प्रयास भइरहेको बताए
। उनले भने, 'अब सहमति धेरै टाढा छैन। अब कुरा बिग्रदैन।
मिलाउन मात्र बाँकी छ।'
सरकारले राजनीतिक सहमतिका आधारमा तीन
महिनाभित्र सिमांकन परिमार्जन गर्ने, जनसंख्याको
आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक
समावेश सहभागितासम्बन्धी संविधान संशोधन
विधेयक तत्काल अघि बढाउने र नागरिकताको
प्रावधानमा देखिएको अस्पष्टता हटाउने निर्णय
गरिसकेको छ । यो निर्णय अपूर्ण रहेको भन्दै मधेसी
मोर्चाले विरोध गरिसकेको छ ।
Home »
Nepali News
» सहमति अब धेरै टाढा छैन : प्रचण्ड
सहमति अब धेरै टाढा छैन : प्रचण्ड
Posted by Unknown
Posted on 6:30 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment