क्वालालम्पुर: तेह्र वर्षकी एक बालिकालाई बलात्कार
गर्ने मलेसियाली एकजना प्रहरी अधिकारीलाई
मलेसियामा कम्तीमा पनि एक सय वर्षको जेल सजाय
दिइएको छ ।
मलेसियाका ती प्रहरी उच्च प्रहरी अधिकारीलाई सय
वर्षको जेल सजाय र १५ कोर्राको सजाय बुधबार
सुनाइएको समाचारमा जनाइएको छ ।
मलेसियाको प्रहरीका डेपुटी सुपरीटेन्डेन्ट राहाइजात
अब्दुल अनिमाथि एक स्थानीय होटलमा कामगर्ने १३
वर्षीया बालिकालाई बलात्कार गरेको आरोप
लागेको थियो ।
उनले ती बालिकालाई चार पटकसम्म बलात्कार गरेको
आरोप सन् २०१२ मा लागेको थियो । तीन वर्ष लामो
अनुुसन्धानबाट उनले सो बलात्कार गरेको ठहर गरेको हो
।
मलाया मेल अनलाइनमा उनलाई दोषी ठहर गरी १००
वर्षको जेल सजायका साथै १५ कोर्रा हान्ने कारबाही
सुनाइएको बुधबार जनाइएको छ ।
उक्त अनलाइनमा सरकारी अधिवक्ता अजिजी
नर्दिनलाई उद्धृत गर्दै सो समाचार दिइएको छ । उनले
भनेका छन्– ती प्रहरी अधिकारी नागरिकको रक्षक
हुनुपर्नेमा यस्तो अपराधमा सम्लग्न भएकोले यो
कारबाहीको माग गरिएको उल्लेख गरिएको छ ।
मलेसियाको सबाह राज्यको अदालतले सो सजाय
सुनाएको हो । उक्त अदालतले अपराध गर्ने व्यक्तिले ती
बालिकाको उमेरका साथै कुनै पनि सम्वेदनशिलताको
बेवास्ता गरेकोले यस्तो सजाय दिनुपरेको बताएको छ ।
विभिन्न प्राविधि विषयहरुका लागि उनको जेल समय
घटाएर उनले आगामी कम्तीमा पनि ८० वर्ष जेल सजाय
भोग्नुपर्नेछ । उनी ५४ वर्षका हुन् । यस आरोप लागेपछि नै
उनी निलम्बन भइसकेका छन् । यस सजाय सुनाउने समयमा
पनि उनी अदालतमा नै थिए ।
उनको साथमा उनकी श्रीमती पनि रहेकी थिइन् । तर
त्यस फैसलापछि पनि उनले खासै कुनै प्रतिक्रिया
दिएका थिएनन् । उनका वकिलले भने ती प्रहरी
अधिकारीले यस फैसलाकाल विरुद्धमा माथिल्लो
अदालतमा अपील गर्ने जनाएका छन् ।
बालिका बलात्कार गर्ने प्रहरीलाई सय वर्ष जेल
Posted by Unknown
Posted on 6:34 PM
with No comments
Labels:
World
0 comments:
Post a Comment