वीरगन्ज: आन्दोलनरत मधेसी दलले धर्ना दिएर नाका
ठप्प पारेको वीरगन्ज रक्सौलको मितेरी पुलमा बुधबार
राति आन्दोलनकारी र तस्करहरुबीच झडप भएको छ।
झडपका कारण मितेरी पुलको अवस्था बुधबार रातभर
तनावग्रस्त बन्यो।भारतको रक्सौलबाट सामानको
तस्करी गर्ने तस्करहरुले मितेरी पुलमा आन्दोलनकारीले
नाका अवरुद्ध पार्न राखेको बाँसको ढाट हटाएर
सामान भित्रयाउन खोजेपछि झडप भएको हो।
करिब सय जनाको संख्यामा आएका तस्करहरुले मितेरी
पुलमा राखिएको बाँसको ढाट हटाउन खोजेपछि
आन्द्योलनकारीहरुले प्रतिवाद गर्दा झडप भएको
धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी
पर्साका सचिव कृणा पटेलले बताए। तस्करहरुले
रक्सौलबाट टाँगा, ठेला र रिक्सामा ल्याएको
कपडा लगायतका सामान आन्दोलनकारीले रोक्न
खोज्दा तस्करहरु हुल बाँधेर लठठी भाटा बोकेर
आन्दोलनकारीलाइ कुटन आएका थिए।
बुधबार बेलुकी धर्नामा १५-२० जना मात्र
आन्दोलनकारी बसेका बेला कबिर सय जनाको
संख्यामा आएका तस्करहरुले आक्रमण गर्न खोजेपछि
स्थिती निक्कै तनाग्रस्त बनेको सचिव पटेलले बताए।
आन्दोलनकारीलाइ तस्करहरुले कुटन खोजेको समाचार
विभिन्न एफ एम रेडियोबाट प्रशारण भएको सुनेर
बुधबार राति नै गाँउ-गाँउबाट मधेसी जनता मितेरी
पुलमा पुगेपछि तस्करहरु भागेको र राति १२ बजे पछि
स्थिती सामान्य बनेको उनले बताए।
अहिले मितेरी पुलमा करिब एक सय जना
आन्दोलनकारीहरु धर्नामा रहेको सदभावनाका सचिव
पटेलले बताए।संविधान निर्माण र सीमांकनको
विरोधमा साउन ३० गते देखि नै आन्दोलनरत मधेसी
दलले वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा असोज
७ गते देखि धर्ना दिएर नाका पनि ठप्प पार्दै आएका
छन्।
मधेसी दलका नेता कार्यकर्ताहरुले दिनरात २४ सै
घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका
कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि
मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन।
Home »
Nepali News
» मोर्चाका आन्दोलनकारीमाथि तस्कहरुको आक्रमण,
मितेरी पुल रातभर तनावग्रस्त बन्यो....
मोर्चाका आन्दोलनकारीमाथि तस्कहरुको आक्रमण, मितेरी पुल रातभर तनावग्रस्त बन्यो....
Posted by Unknown
Posted on 6:27 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment