Home » » सशस्त्रका निलम्बित महानिरीक्षक वन्त १० करोड धरौटीमा रिहा

सशस्त्रका निलम्बित महानिरीक्षक वन्त १० करोड धरौटीमा रिहा

काठमाडौं, पुस ६ । भ्रष्टाचारको आरोप
लागेका सशस्त्र प्रहरी बलका निलम्बित
महानिरीक्षक कोषराज वन्त १० करोड रुपैयाँ
धरौटी राखेर रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा
आजदेखि वन्तको बयान शुरु भएकोमा बयान
नसकिएपछि अख्तियारले उनलाई हिरासतमा
लिन खोजेको थियो । तर वन्तले चाहिएको
धरौटी बुझाउने भनेपछि अख्तियारले
१० करोड रुपैयाँ धरौटी मागेको थियो ।
वन्तले दुई घण्टाभित्र उक्त रकम जुटाएको
अख्तियार स्रोतले जनाएको छ । वन्तको
धरौटी रकमका लागि सिटिजन्स बैंक
ग्यारेन्टी बसेको छ ।
धरौटी रकम बुझाएपछि अख्तियारले वन्तलाई
रिहा गरेको छ । वन्तको बयान भने भोलि
पनि जारी रहने अख्तियारले जनाएको छ ।
इमेज खबर बाट।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved