इटहरी, पुस ६ । प्रदेश सीमांकनको मुद्दा उठाएर मधेसी मोर्चाले
आन्दोलन लम्ब्याईरहेको बेला प्रधानमन्त्री केपी ओलीले पूर्वका
विवादित तीन जिल्ला तलमाथि गर्न नसकिने प्रष्ट पारेका छन् ।
एमाले सुनसरीको दोस्रो जिल्ला परिषद भेलाको आज इटहरीमा
उद्घाट्न गर्दै प्रधानमन्त्री ओलीले झापा, मोरङ र सुनसरी
विभाजित हुन नदिने अडान दोहोर्याए
। मेची र कोशी अञ्चलका एउटा वडा पनि दायाँ–बायाँ नहुने
उनको भनाइ थियो ।
मधेस आन्दोलनको नाममा भईरहेको अराजकता र वितण्डा सरकारले
धेरै सहेको भन्दै प्रधानमन्त्री ओलीले अब सरकार चूप लागेर नबस्ने
बताए ।
उनले केही मधेसी दलहरुको माग सम्बोधन गर्न सरकारले हदैसम्म लचकता
अपनाएको र अब पनि उनीहरु (मधेसी मोर्चा) आन्दोलन रोकेर
सहमतिमा नआए सरकार चूप लाग्न नसक्ने उनले बताए ।इमेज खबर बाट।
0 comments:
Post a Comment