काठमाडौं, पुस ६ । राष्ट्रिय खेलकुद परिषद
(राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को
सम्पूर्ण कामकारवाही कार्यकारी अधिकृत
भावना घिमिरेलाई सुम्पिएको छ । क्यानमा
देखिएको आन्तरिक विवाद समाधान
नहुन्जेलसम्मका लागि भन्दै राखेपले सम्पूर्ण
जिम्मेवारी सिइओ घिमिरेलाई सुम्पिएको
पत्र क्यानलाई पठाएको हो ।
राखेपका सदस्यसचिव केशवकुमार
बिष्टले क्यानमा निर्वाचित
कार्यसमितिको कार्यकाल सकिएको र हालै
गरिएको भनिएको निर्वाचनको बैधता
नभएकाले दैनिक कामकारवाही सञ्चालन गर्न
र यसबीचमा हुने घरेलु तथा अन्तर्राष्ट्रिय
क्रिकेट गतिविधि सञ्चालनमा प्रभाव पर्न
नदिन अर्को निर्देशन नहुँदासम्म आइसीसी र
एसीसीसँग समन्वय गरेर सिइओलाई
जिम्मेवारी सुम्पिएकोे बताए ।
सदस्यसचिव बिष्टले आइसीसी र एसीसीको
समेत सहमतिमा केही दिनभित्रै क्यानको
नयाँ नेतृत्वको सम्बन्धमा ठोस निर्णय गर्ने
पनि जानकारी गराए ।
अध्यक्ष टंक आङबुहाङ तथा अन्य
पदाधिकारीहरुको असहमती र राखेपको
स्वीकृती बिना नै क्यानको एउटा खेमाले
केही दिनअघि साधारणसभा सम्पन्न गर्दै
चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ
कार्यसमिति चयन गरेको थियो ।
तर राखेपले विधि र विधान विपरीत केही
ब्यक्तिले आफु खुसी सम्पन्न गरेको
साधारणसभा र निर्वाचनको कुनै औचित्य नहुने
बताउँदै आइरहेको छ । क्यानका अध्यक्ष टंक
आङबुहाङलगायतका पदाधिकारीले समेत उक्त
निर्वाचनलाई बहिष्कार गरेका थिए ।
Home »
Nepali News
» नेपाल क्रिकेट संघको सम्पूर्ण
जिम्मेवारी कार्यकारी
अधिकृत घिमिरेलाई
नेपाल क्रिकेट संघको सम्पूर्ण जिम्मेवारी कार्यकारी अधिकृत घिमिरेलाई
Posted by Unknown
Posted on 8:36 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment