Home » » तेल कालोबजारीमा समातिएका शर्मा र साहलाई ५ वर्ष जेल सजाय माग

तेल कालोबजारीमा समातिएका शर्मा र साहलाई ५ वर्ष जेल सजाय माग


२ पुस, काठमाडौं । तेलको कालोबजारी र ठगी गरेको
आरोपमा पक्राउ परेका नेपाल आयल निगम थानकोट
डिपो प्रमुख रविन शर्मा र गुणस्तर तथा नापतौल
विभागका पूर्व महानिर्देशक राम आधार साहलाई
प्रहरीले जिल्ला अदालतमा पेस गरेको छ ।
शर्मा र साहविरुद्ध ठगी र कालोबजारीको मुद्दा
चलाइएको छ । प्रहरीले सरकारी वकिलमार्फत
बिहीबार शर्मा र साहको अनुसन्धान फाइलसहित
जिल्ला अदालत काठमडौंमा पेस गरेको हो ।
पेट्रोल पम्प सञ्चालकहरु सिताराम घिमिरे र कल्याण
खड्कालाई पनि अदालतमा पेश गरेको थियो ।
अदालतमा बिहीबारबाट बहस सुरु हुने भनिए पनि
अनुसन्धान प्रक्रिया नसकिएकोले भोलिबाट मात्रै
बहस हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले थानकोट डिपो प्रमुख शर्मासाग १ करोड १०
लाख विगो र ५ वर्ष जेल सजाय मागदावी गरेको छ ।
यसैगरी तेल ठगी गरेको आरोपमा पक्राउ परेका ६ वटा
पेट्रोल पम्प संचालक र ठगी गर्न सिकाउने गुणस्तर तथा
नापतौल विभागका पूर्व महानिर्देशक राम आधार
साहसाग दामासाहीमा एक करोड ८० लाख रुपैंया
विगो जरिवाना माग दावी गरेको छ ।
वातावरण मन्त्रालयका सहसचिव समेत रहेका
साहविरुद्ध कालोबजारीमा मतियार बनेको र
पम्पलाई ठगी गर्न सिकाएको अभियोग लगाइएको छ

त्यस्तै पक्राउ परेका पम्प सञ्चालकहरु सिताराम
घिमिरे र कल्याण खडकासाग क्रमशः १२ र १८ लाख
विगो र ५ वर्षको जेल सजायको माग दावी गरेको छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved