Home » » मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित

मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित



पुस, काठमाडौं । साफ च्याम्पियनसिपको
तयारीका क्रममा भएको मैत्रिपूर्ण खेलमा नेपाल
बंगलादेशसँग पराजित भएको छ ।
बुधबार ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग
१-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशले १८
औं मिनेटमा रोनीको गोलबाट अग्रता लिएको
थियो ।
३० औं मिनेटमा नेपाली कप्तान अनिल गुरुङले गोल गर्ने
राम्रो मौका गुमाए । दोस्रो हाफमा अनिलको
स्थानमा बिमल घर्ती मगर मैदान प्रवेश गरे ।
५४ औं मिनेटमा बंगलादेशका यासिन खानले गोल
गरेका थिए तर, रेफ्रीले अफसाइड दिए । ६१ औं मिनेटमा
रोहित चन्दले गोल गर्ने मौका गुमाए भने ७४ औं
मिनेटमा उनको प्रहार क्रस बारमा लागेर फर्कियो ।
नेपाली टोलीले केही दिन ढाकामा अभ्यास गर्ने छ र
साफका लागि भारत आउनेछ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved