Home » » 'कबड्डी कबड्डी'ले कमायो पाँच करोड

'कबड्डी कबड्डी'ले कमायो पाँच करोड


काठमाडौं– निर्देशक रामबाबु गुरुङको 'कबड्डी कबड्डी'ले पाँच करोडमाथिको व्यापार गरेको छ। बुधबार
राजधानीमा आयोजित पारिवारिक भेटघाट कार्यक्रममा 'कबड्डी कबड्डी' युनिटले फिल्मको व्यापारबारे
जानकारी गराएको हो।
'सोमबारसम्म देशभरबाट उठेको कलेक्सन अनुसार 'कबड्डी कबड्डी'ले
पाँच करोड १७ लाखको व्यापार गरेको छ। यसमध्ये क्युएफएक्सले
राजधानीको ४० प्रतिशत हिस्सा ओगटेको छ',पपर्कोन
फिल्मस्का प्रचण्डमान श्रेष्ठले भने।
'कबड्डी कबड्डी'लाई पपर्कोन फिल्मस्ले वितरण गरिरहेको छ।
उनका अनुसार एफक्युव लगायत मल्टिप्लेक्स हलबाट २९ र सिगंल
थिएटरबाट २५ प्रतिशत आन्दानी भएको थियो।
राजधानीबाहेकको मन्टीप्लेक्स हलबाट बाँकी कलेक्सन उठेको उनले
सुनाए। 'राम्रो नेपाली फिल्म निर्माण भयो भने मन्टिप्लेक्स
हलमा समेत राम्रो कमाई हुन्छ भन्ने उदाहरण 'कबड्डी कबड्डी'को
कलेक्सनले दिएको छ। नेपाली फिल्म हेर्ने संस्कृति बिस्तारै बढेर
गएको छ,'उनले भने।
फिल्म युनिटले कार्यक्रममा केकसमेत काटेको थियो। सिनेमा आर्टको ब्यानरले फिल्म निर्माण गरेको हो।
भेटघाटमा 'कबड्डी' को सिक्वेल कमेडी 'कबड्डी कबड्डी' युनिटले एकअर्काबीच खुसी साटासाट समेत गरेका थिए।
'यसअघिको 'कबड्डी' र 'कबड्डी कबड्डी' दुवैबाट राम्रो प्रतिक्रिया पाएको छ। हाल नयाँ फिल्मको स्क्रिप्टको
काम भइरहेको छ,'निर्देशक रामबाबु गुरुङले भने। कार्यक्रममा फिल्मका निर्माता निश्चल बस्नेत, दयाहाङ राई र सौगात
मल्ल लगायतले बोलेका थिए।
फिल्ममा सौगात मल्लसहित दयाहाङ राई, रिश्मा गुरुङ, निश्चल बस्नेत, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की र
जुनु बिष्ट लगायतले अभिनय गरेका छन्। सिनेमेट्रोग्राफर शैलेन्द्रकार्कीले फिल्मलाई खिचेका थिए। कुमार महर्जनको
द्वन्द्व र रोहित शाक्यको संगीत दिएका छन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved