पुस ४, २०७२- पूर्वप्रधानमन्त्री एवं एमालेका नेता
माधवकुमार नेपालले जानकी मन्दिरमा
राष्ट्रपति विद्यादेवी भण्डारीलाई मधेसी
मोर्चाले अपमानजनक व्यवहार गरी संसारभरका
महिलामाथिको अपमान गरेको गरेको भन्दै
त्यसको निन्दा गरेका छन् ।
प्रेस चौतारीद्वारा शनिबार राजधानीमा
आयोजित कार्यक्रममा उनले राष्ट्रपति
भण्डारी जानकी मन्दिरमा जानाले त्यहाँको
भूमि र मन्दिर अपवित्र भएको भनी अपमानित हुने
गरी मधेसी मोर्चाका कार्यकर्ताबाट भएको
व्यवहार सामन्ती र अन्धविश्वासी संस्कार
भएको टिप्पणी गरे ।
'राष्ट्रपतिजस्तो व्यक्तित्व विवाह महोत्सवका
अवसरमा जानकी मन्दिरमा पुग्दा विधवा भन्ने ?
यो एउटा महिलाको मात्र हैन, संसारभरिका
महिलाको अपमान हो, के पुरुष विधुर हुँदैनन् ? के
यो सती र सामन्ती प्रथा हो ?,' नेपालले भने ।
उनले राष्ट्रपतिको भ्रमणबाट जानकी मन्दिर र
जनकपुरको भूमि अपवित्र भयो भनेर क्षमापूजा
गरिएको घटनाले आफ्नो मन दुखेको बताए ।
उनले मधेसमा समानताका लागि विभिन्न
आन्दोलन हुँदै आएको स्मरण गर्दै निन्दनीय
क्रियाकलाप गर्नेहरूमाथि कारबाहीसमेत
नभएकाले मधेसी मोर्चाले कस्तो खाले संस्कार
कार्यकर्तालाई दिइरहेको छ भन्ने प्रस्ट भएको
बताए ।
उक्त अवसरमा चौतारीले प्रदान गर्ने विभिन्न
पत्रकारिता पुरस्कार पनि नेता नेपालले प्रदान
गरेका थिए । हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार
पत्रकार तिर्थ कोइरालाले, विरेन्द्र साह युवा
क्रियाशिल पत्रकारिता पुरस्कार छेटु शेर्पा,
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
ईश्वरी घर्तिमगर र अग्नीशिखा पत्रकारिता
पुरस्कार गोविन्द पोखरेलले पाएका छन् ।
काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले
आगामी चैत ४, ५ र ६ गते चौतारीको ८ औं
महाधिवेशनको मिति समेत तोकेको छ ।
Home »
Nepali News
» 'राष्ट्रपतिमाथिको दुर्व्यवहार संसारकै महिलामाथिको
अपमान'
'राष्ट्रपतिमाथिको दुर्व्यवहार संसारकै महिलामाथिको अपमान'
Posted by Unknown
Posted on 7:03 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment