काठमाण्डु, ४ पुस– इमान्दार छबि बनाएका सत्तारुढ दल
एमालेका नेता लालबाबु पण्डित लगायतको टोलीले
केही दिनअघि चीन भ्रमण गरेको थियो । सो भ्रमणको
क्रममा चीनको हुनान प्रान्तमा रहेको विश्वकै सबैभन्दा
ठूलो तेल ड्रिलिङ परियोजनाको अवलोकन गर्न समेत
भ्यायो । त्यो अवलोकनसँगै उनीहरुले बेइजिङमा
चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरुसँग
समेत नेपालको वर्तमान संकट र भावी विकासका
सवालमा बहस गरे । सो भेटमा चिनियाँ नेताहरुले
वर्तमान संकटदेखि नडराउन नेपाली प्रतिनिधि
मण्डललाई आश्वासन समेत दिइएको बताइएको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसको
संकटमा रुमल्लिएको नेपाललाई अहिले चीनले नजिकबाट
नियालिरहेकोले सो प्रतिनिधमण्डललाई उसले विकास
निर्माण र संकटमा साथ दिने आश्वासन समेत दियो ।
चीन भ्रमणका क्रममा पण्डितको नेतृत्वमा रहेको १५
सदस्यीय प्रतिनिधि मण्डलले हुनानमा रहेको तेल
ड्रिलिङ कम्पनीको अवलोकनसँगै नेपालमा पनि यस्तै
एउटा कम्पनी निर्माण गर्न चीन र नेपालबीच बहस शुरु
गर्नुपर्ने भन्दै विषय उठान समेत गरेको थियो ।
सो क्रममा कम्पनीले नेपालमा पनि तेल उत्खननका लागि
ड्रिलिङ मेसिन दिने र तेल उत्पादन गरेर पछि उसको मूल्य
तिर्न सकिने आश्वासन समेत दिएको श्रोतले बताएको छ ।
जलविद्युत, हेभि इक्विपमेन्ट, तेल ड्रिलिङ, वैकल्पिक उर्जा
जस्ता क्षेत्रमा चीनले नेपालमा लगानी गर्ने चासो
देखाएको र सरकारी स्तरबाट वार्ता गर्ने हो भने
नेपालको आर्थिक विकासमा सहयोग पुग्न सक्ने भ्रमण
दलमा सहभागी प्रतिनिधहरुले बताएका छन् ।
चिनियाँ नेताले हरेक दुई वर्षमा हुने खुन्मिङ एक्स्पोमा
नेपाललाई प्राथमिकतामा राखेर नेपाली उत्पादनलाई
चीनमा व्यापक विस्तार गर्न र चीनसँगको व्यापारमा
नेपालले भोगिरहेको व्यापार घाटा कम गर्न सकिने
सुझाव पनि प्रस्तुत गरेका गरेका थिए ।
एमाले प्रमण्डलले मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी
अन्तर्राष्ट्रिय ब्युरोका उपमहानिर्देशक चाङ सुयी र
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका
उपमन्त्री ली चुनसँग छलफल गरेको थियो। नेपालमाथि
भारतले लगाएको नाकाबन्दी र त्यसले ल्याएको संकटमा
चिनियाँ नेताहरु गम्भीर रहेको भ्रमण दलका
प्रतिनिधिहरुले बताएका छन् । सो भ्रमणमा नेता
लालबाबु पण्डितले मुलुकको विद्यमान संकट र त्यसको
समाधानका लागि बहस उठान गर्न बेइजिङमा निकै
सक्रियता देखाएका थिए ।
Home »
Nepali News
» बेइजिङमा चीनले लालबाबुलाई हामी छौ नडराउनुस्
भनेपछि…
बेइजिङमा चीनले लालबाबुलाई हामी छौ नडराउनुस् भनेपछि…
Posted by Unknown
Posted on 6:40 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment