एजेन्सी । मृत्यु दण्ड पाएका एक युवकले आफनो अन्तिम
इच्छाको रुपमा आफनो जन्म दिने आमालाई सम्बोधन गरेर
चिठी लेखेका छन् । मुत्युदण्ड पाउनै लाग्दा त्यो चिठ्ठी
आफ्नो आमालाई भनेर जेलको गार्डलाइ दिनु भनेर दिए । जुन
चिठी संसार मन दुखाउन बाध्य बनाएको छ । यस्तो चिठी
थियो आदरणिय आमा ! यदी यो संसारमा यो भन्दा पनि
बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्यु दण्ड
दिइनु पर्छ ।
मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि
त्यतिकै दोष छ्र मैले एकजना केटाको साइकल चोरेर घरमा
ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले
त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ मैले हाम्रो
छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना
छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका
थियौ मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद
होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले
प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिए ।
शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भए अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु । आमा, म त
त्यतिबेला बच्चै थिए म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो तिमीलाई माफ दिन्छु संसारभरिकै
आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु । साभार नेपाल संदेश बाट
Home »
Nepali News
» मृत्यु दण्ड पाउनै लाग्दा आमालाई यस्तो चिठी, जसले संसार रुवायो
मृत्यु दण्ड पाउनै लाग्दा आमालाई यस्तो चिठी, जसले संसार रुवायो
Posted by Unknown
Posted on 4:46 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment