Home » » पेट्रोल छर्किएर जिउँदै जलाउने मधेसी मोर्चाका कार्यकर्ता पक्राउ, तीन जना अझै फरार

पेट्रोल छर्किएर जिउँदै जलाउने मधेसी मोर्चाका कार्यकर्ता पक्राउ, तीन जना अझै फरार

पथरी (मोरङ), ६ पुस । मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु
राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई
प्रहरीले गएराति पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु
मलाहालाई पक्राउ गरिएको हो ।
जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार लुकेर बसेको
सूचनाका आधारमा प्रहरीको विशेष टोलीले मोरङको कटहरीबाट मलाहलाई
पक्राउ गरेको हो । अरोपित शिवुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन
घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खरेलको भनाइ छ ।
उहाँले भन्नुभयो – “थप तीनजनालाई चाँडै पक्राउ गर्छाैं ।” घटनामा संलग्न
भाथिगछ– २ का अजय सिंह, जीतेन्द्र मुखिया र जुगेश्वर मुखियालाई प्रहरीले
खोजीरहेको छ । को१प २४५० नंको मोटरसाइकलमा भारतीय पम्पबाट १५ लिटर
पेट्रोल खरिद गरेर आउँदै गर्दा बब्लुमाथि भाथिगछ– २ रामजानकी चोकमा गत
मङ्सिर १० गते बिहान पेट्रोल छर्किएर आगो लगाइएको थियो । रासस
फाइल तस्वीर

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved