Home » » कोइरालालाई चार हस्तिले गरे बाईबाई

कोइरालालाई चार हस्तिले गरे बाईबाई


काठमाडौं – कांग्रेसको बाह्रो
महाधिवेशन नजिकिँदै जाँदा शेरबहादुर
देउवा आक्रामक, रामचन्द्र पौडेल
रक्षात्मक र सुशील कोइराला
निद्रामा देखिएको चर्चा कांग्रेस
वृत्तमा चल्न थालेको छ । नयाँ
बानेश्वरमा सम्पर्क कार्यालय खोलेर
अभियानमा निस्किएका देउवाले
यसबीचमा कोइराला पक्षका केही
प्रभावशाली नेताहरुलाई आफ्नोतिर
तानिसकेका छन् । कोइराला
क्याम्पका प्रभावशाली दोस्रो
तहका नेतालाई भने अहिले नभई
महाधिवेशनको मुखैमा तानेर
पदाधिकारीको उम्मेदवरा बनाउने
रणनीति देउवाको रहेको छ ।
पछिल्लो समय कोइराला पक्षका
केन्द्रीय सदस्य तथा वैचारिक नेता चन्द्र
भण्डारी देउवातिर लागेका छन् ।
सुशील कोइरालाले मनोनित गरेका
श्याम घिमिरे समेत सम्पर्क कार्यालय
देखिन थालेका छन् । त्यस्तै ललितपुर २
का सांसद् समेत रहेका प्रभावशाली
नेता चन्द्र महर्जन मात्र होइन, मोरङ
कांग्रेसका सभापति तथा पूर्वका
प्रभावशाली नेता तथा सांसद् अमृत
अर्याल पनि देउवातिर खुलेका छन् ।
माथिल्ला नेताभन्दा तलकाहरुसँग
जनाधार हुने भएकाले देउवाले पहिले
जिल्ला सभापति, प्रभावशाली
सांसदहरुलाई आफूतिर तान्ने रणनीति
अख्तियार गरेर अगाडि बढेका छन् ।
देउवाले यसपाली डेढसयदेखि ३ सय
मतको अन्तरमा जित्ने रणनीति
बनाएको स्रोतको दाबी छ । आजको
साँघु साप्ताहिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved