उदयपुर, ५ पुस । विवाहपञ्चमीका अवसरमा जनकपुर
भ्रमणमा पुग्नु भएका प्रथम महिला राष्ट्रपति
विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहारको
जिल्लास्थित विभिन्न संघसंस्था र
राजनीतिककर्मीहरुले भर्त्सना गरेका छन् ।
आईतबार २० वटा संघसंस्थाहरुले संयुक्त एक
प्रेसविज्ञप्ती प्रकाशन गर्दै राष्ट्रपति माथि भएको
उक्त व्यवहार असभ्य र उद्दण्डको परकाष्ट भएको आरोप
लगाएकाछन् । त्यस्तै एमाले निकट अखिल नेपाल
महिला संघलेपनि आईतबार नै विज्ञप्ती प्रकाशन गर्दै
राष्ट्रपतिको नियमित धार्मिक पुजाआजा
कार्यक्रमपछि भएको अभ्रद व्यवहारको खेदप्रकट गरेको
छ ।
जारी विज्ञप्तीमा तथाकथित मधेसबादी
आन्दोलनरत राजनीति पार्टीहरुद्धारा गरिएको
ढुंगामुढा, मन्दिर तोडफोड र एकल महिला मन्दिर
प्रवेश गरेको भनी मन्दिर चोख्याउने जस्ता कार्य
मध्ययुगिन समाजको जस्तो भएको भन्दै त्यस्ता हर्कत
नदेखाउन आग्रह गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘देशकै गौरवको प्रतिकको
रुपमा रहेको राष्ट्रिय संस्था राष्ट्रपति प्रति
गरिएको असामाजिक, मानवअधिकार विरोधी र
विश्वकै सम्पुर्ण महिला तथा आमनागरिकलाई
अपमानित हुने गरी गरिएको घटना खेदजनक छ ।’
संघसंस्था र राजनीतिक दलहरुले उक्त अमानविय एवं
महिलाविरुद्ध गरिएको विभेदपुर्ण कार्यको कडा
शब्दमा आपत्ति जनाउँदै अपराधपुर्ण घटनाको
न्यायीक छानविन गरी घटनामा सम्लग्न
दोषिमाथि कानुनी कारवाही गर्न नेपाल
सरकारसँग माग गरेका छन् ।
विज्ञप्तीमा स्वार्थपूर्तिका लागि आन्दोलन गरेर
देशलाई बन्धक बनाउने कार्य तत्काल रोकी
वार्ताबाट निकास खोज्नसमेत आग्रह गरिएको छ ।
उनीहरुले जायज माग सबैका पूरा हुनसक्ने भन्दै अनुचित
माग राखेर आम नेपालीलाई कष्ट दिने कार्य नगन्र
आग्रह गरिएको छ ।
Home »
Nepali News
» राष्ट्र प्रमुखमाथि भएको
व्यवहारको चौतर्फी विरोध
राष्ट्र प्रमुखमाथि भएको व्यवहारको चौतर्फी विरोध
Posted by Unknown
Posted on 5:20 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment