आफ्नो भूभागमा अमेरिकी बमवर्षक विमान उडेपछि चीन आक्रोशित
काठमाडौं, ५ पुस । चीनले अमेरिकाले सार्वजनिक रुपमै निहुँ नखोज्न चेतावनी दिएको छ ।
शनिबार दक्षिण चीन सागरमा विवादित द्वीप नजिकैबाट अमेरिकी बम वर्षक विमान
बी–५२ उडेपछि चीन आक्रोशित बनेको हो । चीनले आफ्नो भुभागमा अनुमतिविनै विमान
उडाएको भन्दै अमेरिकाले ‘उक्साउन’ खोजिरहेको आरोप लगाएको छ ।
यसअघि पनि अमेरिकाले गरेको उडानमा चीनले आपत्ति जनाउँदै आफ्ना सैनिकमार्फत
विमानलाई चेतावनी दिएको थियो । यता अमेरिकी रक्षा मन्त्रालयले भने यो घटनाबारे
अनुसन्धान गरिरहेको जनाएको छ ।
दक्षिणी चीन सागरको ठूलो भुभागलाई चीनले आफ्नो भनेर दाबी गर्दै आएको छ । यही
कारण धेरै छिमेकी देशसँग उसको विवाद चलिरहेको छ । अक्टुवर महिनामा पनि अमेरिकाले
युद्धपोत विमानबाट यस्तै एउटा विवादित द्वीपमा उडान गरेको थियो, त्यो बेला पनि
चीनले अमेरिकालाई कडा चेतावनी दिएको थियो ।
शनिवार एक वक्तव्य जारी गर्दै चीनको रक्षा मन्त्रालयले विवादित स्प्रेटली द्वीपहरुमा
अमेरिका जानेर बुझेरै आफ्नो बी–५२ लडाकु विमानबाट उडान भरेर तनाव बढाइरहेको छ ।
चीनको दक्षिणी सागर
अमेरिकी अखबार ‘वाल स्ट्रीट जरनल’को एक रिपोर्टमा भनिएको छ कि अमेरिकाका दुई
बी–५२ विमान यो उडान अभियानमा थिए र एउटा विमान द्वीपको नजिकै पुगेको थियो
।
चीनले यो कदमलाई निहुँ खोज्ने काम भनेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका
प्रवक्ताले भने बी–५२ विमानहरु यही उडानका लागि उड्ने तर, कहिलेकाँही बाटो विराउन
सक्ने बताउँछन् । तर, विशेषज्ञहरु भने यो अमेरिकाको गल्ति पनि हुन सक्छ भन्छन् । (एजेन्सीको
सहयोगमा)
अमेरिकालाई निहुँ नखोज्न चीनको चेतावनी
Posted by Unknown
Posted on 5:24 AM
with No comments
Labels:
amazing world,
World

0 comments:
Post a Comment