इलाम, ५ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता तथा
पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले गरेको
नाकाबन्दीबाट पाठ सिक्दै आत्मनिर्भर बन्नुपर्ने
बनाउनुभएको छ ।
“हामी सदियौँदेखि भारतसँग निर्भर भयौँ, अब
परनिर्भर हुन छाडेर आत्मनिर्भर बन्नुपर्छ,” उहाँले
भन्नुभयो ।
इलाम नगरपालिका–७ महभीर र सोयाङ–७ बीचमा
पर्ने माइखोलामा रहेको अर्चले पुलेको आज उद्घाटन
गर्दै नेता खनालले आफँै आत्मनिर्भर भएर गोलभेँडा, आलु
फलाउनुपर्छ, अर्काको भर पर्नुहुन्न भन्नुभयो ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण
मुलुकमा चुनौती थपिएको बताउँदै उहाँले नाकाबन्दी
अब चाँडै अन्त्य हुने दाबी गर्नुभयो । “नाकाबन्दी
लामो टिक्दैन, नाकाबन्दी गर्ने नै थाकिसके,
नाकाबन्दी गर्ने भारतभित्रै विरोध उठेकाले अब
नाकाबन्दी चाँडै अन्त्य हुन्छ,” उहाँले भन्नुभयो,
“नेपालको आन्तरिक मामिलामा विदेशीले हस्तक्षेप
गर्न मिल्दैन्, यो अन्तर्राष्ट्रिय हित र कानुन
विपरीत छ ।”
संविधान निर्माणको काम सम्पन्न भइसकेकाले यसको
सफल कार्यान्वयन र अब पुनःनिर्माण हुँदै आर्थिक
विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अहिलेको अवस्था एकदमै चुनौतीयुक्त रहेको बताउँदै
उहाँले वर्तमान संविधानले सबै क्षेत्र, समुदायको
प्रतिनिधित्व गरेकाले विश्वमै उदाहरणीय संविधान
बनेको जिकिर गर्नुभयो ।
संविधानले सबैको समस्याको ढोका खोलेको बताउँदै
उहाँले चित्त नबुझेको कुरा संसद्बाटै समाधान गर्नुपर्ने र
नाकामा बसेर मुलुकलाई अप्ठ्यारो पार्नु हुँदैन ।
संविधान निर्माणपछि देशभरनै सडक यातायातको
विकास गरी आर्थिक, शिक्षा र स्वास्थ्य क्षेत्रको
विकास गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सांसद केशव थापाले पुल निर्माणले
इलाम नगरपालिका र सोयाङको मात्र विकास
भएको छैन, जोगमाई, नयाँबजार,
नामसालिङलगायतका गाविसको विकास भएको
बताउनुभयो ।
उहाँले आफ्नो क्षेत्रमा निर्वाचन क्षेत्र विकास
कोषको रकम लगानी गरी विकास निर्माणमा
प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । रु चार
करोड ३५ लाखको लागतमा २०६९ साल असारमा
निर्माण सुरू भएको उक्त अर्चले पुल गत असारमा
निर्माण सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि खनालले निर्माण
कम्पनी मैनाचुली खनाल जेभीका प्रोपाइटर डिल्ली
खनाललाई सफलतापूर्वक समयमै पुल निर्माण गरेकामा
सम्मान तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
स्थानीय विकास अधिकारी मदन कोइरालाको
सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला
अधिकारी विष्णुकुमार कार्की, पूर्व सांसद निर्मला
प्रसाईं, राजनीतिक दलका तर्फबाट सोमनाथ
बाँस्तोलालगायतले मन्तव्य राख्नुभएको थियो ।
रासस
Home »
Nepali News
» ‘सदियौँदेखिको भारतीय निर्भरता अब तोड्नुपर्छ’
मधेस आन्दोलन संसद्बाटै समाधान गर्नुपर्ने
‘सदियौँदेखिको भारतीय निर्भरता अब तोड्नुपर्छ’ मधेस आन्दोलन संसद्बाटै समाधान गर्नुपर्ने
Posted by Unknown
Posted on 5:16 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment