Home » » राष्ट्रपतिलाई ‘विधवा’ भन्नेको मुखबाट जिब्रो थुत्नुपर्छ !

राष्ट्रपतिलाई ‘विधवा’ भन्नेको मुखबाट जिब्रो थुत्नुपर्छ !

हे माता जानकी !
जीवनमा यति अपमानजनक कार्यको विरोधमा
कहिल्यै धर्ना बस्न र विरोध गर्न नपरोस् भनी
कामना गर्दछु । आज कति दुखपूर्ण विषयमा धर्ना
बस्न परयो, आफैलाई लज्जाबोध भइरहेको छ ।
विवाह पञ्चमीमा जनकपुरको जानकी मन्दिरमा
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बम प्रहार
गरियो, ढुंगामुडा प्रहार गरियो । यो निन्दनीय
थियो, धार्मिक स्थलमा विरोध गर्नु, हिंसात्मक
व्यवहार गर्नु कुनै हालतमा क्षम्य हुन सक्दैन ।
त्यसपछिका घृणित घटनाहरुले विश्व सामु नेपाली
लज्जित हुनुपरेको छ ।
विवाहपञ्चमीको दिनको घटनालाई हामी
नेपाली बिर्सन चाहन्थ्यौं । घटनाका
जिम्मेवारहरुले त्यसमा क्षमा माग्लान् भन्ने
विश्वाश थियो तर त्यसपछि सोही घटनालाई
आधार बनाएर महिला माथि नै अपमान गर्ने काम
गरियो । विधवा महिला मानिस नै होइनन् भन्ने
ढंगले मधेस आन्दोलनका कतिपय पक्ष तथा कतिपय
आन्दोलनकारीले व्यवहार गरेका छन् । विधवा
महिलाको अस्तित्वमा नै प्रश्न उठाउने ढंगले
अठारौं शदीको व्यवहार गरिएको छ । एक्काइसौं
सदीको नेपालमा विधवा महिलाको अस्तित्वमा
प्रश्न गर्नु लाजमर्दाे घटना हो । यो घटनाका
दोषीहरुलाई सरकारले कारबाही गर्नुपर्छ । यो
घटनाको जिम्मेवारी लिएर सम्बन्धित
राजनीतिक दलहरुले जनता समक्ष माफी माग्नुपर्छ ।
राजनीतिक आन्दोलनको बहानामा समस्त
महिलामाथि नै प्रहार गर्नु अपराध हो । यस्तो
सामाजिक अपराधको बाटो आन्दोलनकारी दल र
त्यसको नेतृत्व वर्गले त्याग्नुपर्छ । उनीहरुले
सामाजिक मर्यादाको ख्याल गर्नुपर्छ । आन्दोलन
गर्दा हातमा ढुंगालाठी र मुखमा जिब्रो छ
भन्दैमा मनपरि गर्न र जथाभावी बोल्न पाईंदैन ।
नेपाली महिलाको अपमान, देशकै अपमान,
मिथिला संस्कृतिको अपमान र माता जानकीको
अपमान हुने यो घटनाको विरोधमा आज अनेमसंघले
काठमाडौंमा गरेको धर्नामा सहभागी हुँदा
असाध्यै दुख लाग्यो । जीवन धर्ना र आन्दोलनमै
बिताइयो, यति घृणित कार्यको विरोधमा समेत
धर्ना बस्न परयो । धर्ना अवधी भरि उदास भएँ म ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved