काठमाडौँ, ५ पुस । भनिन्छ दिनको शुरुवात
राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा
यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने
वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।
१ श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला
देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो
बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो
। प्रफुल्लित मुद्रामा श्रृंगार सहितकी
स्त्रीलाई देख्नु नै शुभको संकेत हो । किनकी
स्त्रीका अनेक रुप छन । त्यसमा पनि
सुन्दरताकी खानी नै आफ्ना अगाडी आँखामा
नै ठोक्किन आइपुग्नु आफैमा सुखद कुरा हो ।
जसपछि तपाइँलाई लाभ मिल्न सक्छ ।
२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने
राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा
बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने
वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन
शुभ हुन्छ । गाइको आवाज कानमा परेर
विउँझिनु झनै राम्रो मानिन्छ ।
विहानमा कालो रंगको गाई देखिनु त झनै
राम्रो हो ।
४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई
शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले
दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ
।
५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै
कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको
दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

0 comments:
Post a Comment