Home » , » नोभेम्बर रेनमा भिज्यो डिसिने अवार्ड

नोभेम्बर रेनमा भिज्यो डिसिने अवार्ड

पुस ६, २०७२- फिल्म 'नोभेम्बर
रेन' मंगलबार वितरित डिसिने
अवार्डमा हाबी भएको छ । दिनेश
रावत निर्देशित उक्त फिल्मले उत्कृष्ट
फिल्मसहित निर्देशक तथा नायक-
नायिकाको अवार्डमा कब्जा
जमाएको हो । त्यसैगरी 'नोभेम्बर रेन'
बाटै छायांकार, संवाद,
सहअभिनेत्रीका विधा गरी २८
विधामध्ये सात अवार्ड हत्याएको हो ।
छायाँछविले डिजिटल प्रविधिमा
निर्मित फिल्मको वर्षेनी विधागत
उत्कृष्टता छान्दै आएकोमा अनपेक्षित
रुपमा 'नोभेम्बर रेन' हाबी देखियो । यसै
फिल्मका मुख्य कलाकार आर्यन सिग्देल
र नम्रता श्रेष्ठ दुवैले अवार्ड पाए भने
निर्देशक दिनेश रावत र सहअभिनेत्री
छुल्ठिम डोल्मा गुरुङ पनि भाग्यमानी
रहे । राजेश श्रेष्ठलाई छायांकन र
सामिप्यराज तिमिल्सिनालाई
संवादमा पनि 'नोभेम्बर रेन' ले नै अवार्ड
दिलायो । त्यसैगरी पटकथाको
विधामा रामबाबु गुरुङ र उपेन्द्र
सुब्बालाई अवार्ड दिइए पनि फिल्म
'कबड्डी' बाट ध्वनी मिश्रणका लागि
उत्तम न्यौपानेलाई बाहेक अरुलाई
उत्कृष्टको दाबेदार ठानिएन । बरु
दिइएका तीन क्रिटिक्स अवार्डमा
'कबड्डी' बाट निर्देशक रामबाबु गुरुङ र
नायक दयाहाङ राईलाई अवार्ड थाप्न
बोलाइयो । नायिकाको क्रिटिक्स
अवार्ड भने प्रियंका कार्कीले फिल्म
'सुन्तली' का लागि जितिन् । अवार्ड
समारोहमा पि्रयंका र नम्रता दुवै
अनुपस्थित रहे ।
नयाँ पुराना फिल्मकर्मीको बाक्लो
उपस्थितीमा वितरण गरिएको डिसिने
अवार्डमा कथाका लागि रामशरण
पाठकलाई अवार्ड दिलाएकै 'वल्र्डकप इन
नेपाल' ले नै सम्पादनमा राजु
भण्डारीलाई पनि उत्कृष्टताको
प्रमाणपत्र थमायो । सहअभिनेतातर्फ
गजित विष्ट (पूनर्जन्म) ले अवार्ड जित्दा
चरित्र अभिनेतामा सविन बास्तोला
(सुनपानी) भाग्यमानी ठहरिए । चरित्र
अभिनेत्रीमा भने सूर्यमाला खनाल
(सुन्तली), खलपात्र अनुपविक्रम शाही
(हँसिया) ले अवार्ड पाए भने
नवनिर्देशकको डिसिने अवार्ड 'नाई
नभन्नु ल ३' बाट मुस्कान ढकाललाई
दिइयो । नवनायक र नायिकामा भने
क्रमशः सुदर्शन थापा (अझै पनि) र
शिल्पा पोखरेल (लज्जा) बाट अवार्ड
थाप्न बोलाइए । अवार्ड पाएपछि आँशु
थाम्न नसकेकी शिल्पाले भनिन्, 'झन्डै मैले
हार खाईसकेकी थिएँ । तर यो अवार्डले
मलाई पुनः बचाएको छ ।' संगीततर्फका
विधामा भने मिश्रित नतिजा देखियो
। संगीतकारको अवार्ड अर्जुन पोखरेलले
'स्टुपिड मन' बाट पाएपनि गायकको
अवार्ड भने 'नोभेम्बर रेन' कै लागि
युवराज चौलागाईलाई गयो ।
गायिकातर्फ भने 'हवल्दार सुन्तली' मा
गाउने सहिमा श्रेष्ठले अवार्ड जितिन् ।
बालकलाकारको अवार्ड 'लभ यु बाबा'
की मुख्य पात्र संगम विष्टलाई दिइयो ।
उनले यसअघि पनि राष्ट्रपतीका
हातबाट सोही फिल्मका लागि
अभिनेत्रीतर्फको राष्ट्रिय चलचित्र
पुरस्कार नै थापेकी थिइन् । गीतकारमा
कृष्णहरी बराल, नृत्य निर्देशकमा गम्भिर
विष्ट, द्वन्द्व चन्द्र पन्त र एनिमेशन
ग्राफिक्समा अच्यूत गजुरेलले अवार्ड जिते
। 'टलकजंग भर्सेस टुल्के' ले भने एकमात्र
अवार्ड श्रृंगारका लागि अमृत
मरहठ्ठालाई दिलायो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved