Home » » सैनिक कारबाहीमा ४३ तालिवान मारिए

सैनिक कारबाहीमा ४३ तालिवान मारिए


काबुल, ६ पुस । अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले
तालिवान सशस्त्र विद्रोहीका विरुद्ध जारी राखेको
कारबाहीको क्रममा कम्तीमा ४३ जना तालिवान
आतङ्ककारीको मृत्यु भएको समाचार छ ।
सो कारबाहीको क्रममा कैयौ आतङ्ककारी घाइते हुनुको
साथै नौ जना पक्राउ परेका जनाइएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले सोमबार प्रकाशन गरेको
विज्ञप्तिमा सो जानकारी दिएको छ ।
देशका विभिन्न ठाउँमा भएका आतङ्ककारी विरुद्धका
कारबाहीहरूमा ती तालिवानहरुले ज्यान गुमाएका गृह
मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टासम्म जारी राखेको कारबाहीमा ती
तालिवान आतङ्ककारी मारिएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अफगान सैनिक, प्रहरी र गुप्त निकायका अधिकारीहरुको समेत सहयोगमा कुनार, गजनी, जाबुल, बादख्सान कुन्दुज फराब हेलमान्ड र फराह
प्रान्तमा गत २४ भित्र जारी कारबाहीमा ती आतङ्ककारीको मृत्यु भएको हो ।
अफगान सरकारसँग दशकौदेखि युद्ध जारी राखेका तालिवान आतङ्ककारी समूहले यस ४३ तालिवानी मारिएको यस विषयमा भने केही
टिप्पणी गरेका छैनन् ।
सोही अवधिमा आतङ्ककारीको आक्रमणमा चार अफगान सेनाको समेत मृत्यु भएको जनाइएको छ ।
अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका र बाँकी रहेका सैनिकले पनि तालिवानसँग युद्धभूमिमा गएर युद्ध
नगर्ने निर्णय गरेका छन् ।
सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले
यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ ।
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी
आक्रमणलाई तीव्र पारेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved