Home » , » मिस फिलिपिन्स बनिन् ‘मिस युनिभर्स’, मिस कोलम्बियाको शीरमा दुई मिनेट पनि टिकेन ताज

मिस फिलिपिन्स बनिन् ‘मिस युनिभर्स’, मिस कोलम्बियाको शीरमा दुई मिनेट पनि टिकेन ताज


काठमाडौं, पुस ६ । फिलिपिन्सकी सुन्दरी पिया अलेन्जो वुर्टजबाकले ‘मिस युनिभर्स २०१५’ को उपाधि हासिल गरेकी
छन् । अमेरिकाको लस भेगासमा आयोजित समारोहमा उनलाई विजेता घोषित गरिएको हो ।
तर विजेताको घोषणा गर्नुअघि कार्यक्रमले नाटकीय मोड लिएको थियो ।
अन्तिम चरणमा उदघोषकले मिस कोलम्बिया अरियाडना गुटियारेजलाई मिस युनिभर्स विजेता घोषणा गरेका थिए ।
उद्घोषक स्टीभ हार्वेले घोषणा गर्नासाथ गुटियारेजको शीरमा मिस युनिभर्सको ताज पहिर्याइएको थियो । तर
उनको शीरमा मुस्किलले दुई मिनेटमात्र ताज टिक्यो । विजेताका रुपमा उनले दर्शकको अभिवादन स्वीकार गरिरहँदा
उद्घोषक हार्वेले आफूबाट भूल भएको भन्दै क्षमा मागेर पिया अलेन्जो वुर्टजबाक मिस युनिभर्सको विजेता भएको घोषणा
गरे ।
उदघोषकको यस्तो भूल र क्षमायाचनासहित नयाँ विजेताको घोषणाले गुटियारेज स्तब्ध भइन् भने वुर्टजबाक पनि चकित्
भइन् ।
उक्त घोषणा लगत्तै पूर्व मिस युनिभर्स पाउलिना वेगाले मिस कोलम्बिया गुटियारेजको शीरबाट ताज निकाल्दै
वुर्टजबाकको शीरमा सजाइदिइन् ।
उद्घोषक हार्वेले आफूबाट कार्ड पढ्न गल्ती भएको स्वीकार गर्दै समस्त दर्शक र प्रतियोगीहरुसँग क्षमा मागेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved