Home » » चीनले भोली देखि नै तेल र ग्यास नेपालका नाकासम्म ढुवानी गरिदिने ! तर…

चीनले भोली देखि नै तेल र ग्यास नेपालका नाकासम्म ढुवानी गरिदिने ! तर…

काठमाडौं । पेट्रो चाइनाको सहायक कम्पनी
गोरमुड आयल रिफाइनरीका पदाधिकारीले चीनको
केन्द्र सरकारबाट निर्देशन आए नेपाललाई चाहेजति
इन्धन दिन सकिने बताएका छन् । उनीहरुले भोली
देखिनै नेपालका नाकासम्म ढुवानी गरिदिने
जानकारी पनि दिएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासका आर्थिक
मामिला (इकोनोमिक मिनिस्टर) विनोद आचार्य
नेतृत्वको सम्भाव्यता अध्ययन टोलीले छिन्गाईस्थित
वाणिज्य विभाग र रिफाइनरीका पदाधिकारीसँग
गरेको छलफलमा यस्तो आश्वासन आएको हो ।
रिफाइनरीले आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी
गरिदिने बताएको छ । यसअघि अनुदानको पेट्रोल
पनि पेट्रो चाइनाले केरुङसम्म ढुवानी गरिदिएको
थियो ।
यसैबीच चीन सरकारसँग इन्धन व्यापार सम्झौता गर्न
उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा नेपाली
प्रतिनिधीमण्डल बुधबार चीन जाँदैछ । उक्त टोलीले
उच्चस्तरीय तहमा सहमति गरे अर्काे हप्तादेखि चीनले
इन्धन पठाउन सुरु गर्न सक्छ । कारोबार दैनिकमा खबर
छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved