डिसेम्बर १८ बाट प्रदर्शनमा आएको चलचित्र ‘दिलवाले’ले विश्वभरबाट सय करोड भन्दा धेरै कमाई गरिसकेको छ । प्रदर्शनको
३ दिनमै यो चलचित्रको कमाई विश्वभरबाट १२२ करोड पुगेको छ । ओभरसिजमा यो चलचित्रको कमाई सर्वाधिक
लोभलाग्दो छ । यो चलचित्रले आफ्नो पहिलो दिनमा २२.६२ करोडको कमाई ओभरसिजमा गरेको थियो ।
यो कुनै बलिउड चलचित्रले प्रदर्शनको पहिलो दिनमा ओभरसिजमा गरेको सवैभन्दा धेरै कमाई हो । विश्वका थुप्रै देशमा यो
चलचित्र आउँदो शुक्रबारबाट लाग्नेछ । यो चलचित्रले ३ दिनमा ओभरसिजबाट ५६.३८ करोडको नेट व्यापार गरेको छ ।
क्रिसमसको लामो बिदा भएकाले पनि यो चलचित्रले ओभरसिजबाट राम्रै रकम कमाउने देखिएको छ । यूएई र मलेसियामा
चलचित्रले कमाईमा नयाँ रेकर्ड राखेको छ । हलिउड चलचित्र ‘स्टार वार’ र बलिउड चलचित्र ‘बाजिराओ मस्तानी’सँगको
भिडन्तका बाबजुत पनि ओभरसिजमा चलचित्रले कमाएको रेकर्डलाई बलिउडका समिक्षकले आश्चर्यजनक भनेका छन् ।
भारतमा भने यो चलचित्रले ३ दिनमा ६५.०९ करोड कमाएको छ । विश्वभरबाट ३ दिनमा चलचित्रले १२२ करोड कमाएको छ ।
साहरुखलाई ओभरसिजका राजा पनि भन्ने गरिन्छ । भारतमा ‘बाजिराओ मस्तानी’सँगको भिडन्त र केही स्टेटमा
वीजेपीको आन्दोलनका कारण पनि चलचित्रले कम हल र शो पाएको छ ।
शुक्रबार साहरुख खान र काजोल स्टारर यो चलचित्रको व्यापार २१ करोड, शनिबार २०.०९ करोड र आइतबार २४ करोड छ
। वीजेपीको विरोध कम हुँदै गएको र क्रिसमस र नयाँ बर्षको बिदा भएकाले पनि चलचित्रको आँकडा बढ्ने अनुमान गरिएको
छ । तर, विकेन्ड कलेक्शनमा साहरुखका यस अगाडिका २ चलचित्र ‘चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’को भन्दा यो धेरै कम हो
।
यस्तै, संजय लिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्र ‘बाजिरोओ मस्तानी’ले ३ दिनमा ४६ करोडको आँकडा
छोएको छ । ‘दिलवाले’को भन्दा धेरै हल पाएको रणवीर सिंह, दीपिका पादुकोण, प्रियंका चोपडा अभिनित यो
चलचित्रले शुक्रबार १२.८० करोड, शनिबार १५.५२ करोड र आइतबार १७ करोड माथिको आँकडा छोएको छ । १२५ करोड
भन्दा धेरै बजेटमा तयार भएको यो चलचित्रलाई आफ्नो लगानी उठाउन लामै संघर्ष गर्नुपर्ने देखिन्छ । ओभरसिजमा यो
चलचित्रको व्यापार सामान्य छ ।
Home »
Entertainment
» ‘दिलवाले’को कमाई ३ दिनमै विश्वभर १२२ करोड, ‘बाजिराओ’ले कती कमायो ?
‘दिलवाले’को कमाई ३ दिनमै विश्वभर १२२ करोड, ‘बाजिराओ’ले कती कमायो ?
Posted by Unknown
Posted on 11:32 PM
with No comments
Related News you might like to see :
Labels:
Entertainment
0 comments:
Post a Comment